अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । गत २ फागुनबाट काठमाडौंमा भएको २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबारराति भएको मतदानबाट बडाल अध्यक्षमा विजयी भएका हुन् ।
उनी संगठनका निवर्तमान महासचिव समेत हुन् । ७ वर्षपछि भएको अनेरास्ववियुको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयनको प्रयास विफल भएपछि विद्युतीय मेसिनबाट मतदान भएको थियो । निर्वाचनमा निर्वाचनमा १५१७ मत खसेको थियो ।
महासचिवमा नरेश रोकाया विजयी भएका छन् भने कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । त्यस्तै, उपाध्यक्ष्मा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा बिष्ट विजयी भएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार