सोसल मिडिया
Contact Us
युनिकोड
एजेन्सी । कृतिम बुद्धिमता(एआइ) एवम प्रविधि विकासमा चीनले ऐतिहासिक फड्को मारेको छ । यतिबेला चीनका केही शहरमा संचालित रेस्टुरेन्टका भान्सामै रोबोटले सेवा दिन थालेका छन् । दक्षिणपश्चिम चीनको सिचुआनमा रोबोट शेफले ग्राहकको मन जित्दै गएको छ । त्यहाँका रेस्टुरेन्टका रोबोटहरूले मानवीय सहयोगबिना विभिन्न परिकारहरु आफैं तयार गर्ने गरेका छन् । ति रोबोटहरुले परिकारमा सामग्री हाल्ने, चलाउने र मसला थप्ने काम गर्छन्। रेस्टुरेन्टमा रोबोटले बनाएका परिकार निकै स्वादिलो पनि हुने गरेको छ । ‘घरमा पकाएको जस्तै स्वाद छ। स्थानीय मानिसहरूको स्वादअनुसारका परिकारहरु तयार गर्ने गरेका छन्,’ एक व्यवसायीले भने । रोबोट कम्पनीका संस्थापकका त्यस्ता रोबोटिक मेसिनहरूलाई एआई क्षमतासहित अपग्रेड गरिएको छ । यसले शेफले खाना पकाउँदा अपनाउने तरिका र प्रक्रियाहरू रेकर्ड गरी त्यसलाई प्लस वा माइनस ०.१ एकाइको शुद्धतासम्म दोहोर्याएर तयार गर्नसक्छ । चेङ्दु सहरस्थित कुकिङ रोबोट कम्पनीका संस्थापक झेङ हाओतियान भन्छन्,‘नयाँ मोडल अझ बुद्धिमान बनेका छन् । यसले वास्तवमै स्वचालित रूपमा खाना पकाउने काम गर्न सक्छ। एउटा बटन थिचेपछि यसले स्वचालित रूपमा सामग्री थप्छ, खाना पकाउँछ, प्लेटमा सजाउँछ र वोक सफा गर्छ—अर्थात् सुरुदेखि अन्त्यसम्मको सम्पूर्ण प्रक्रियाहरु गर्छ ।’ संस्थापकका अनुसार त्यस्ता उत्पादनहरू फास्ट–फुड चेनहरूदेखि साना पारिवारिक तथा स्थानीय पसलहरूसम्म प्रयोग भइरहेका छन् । यस वर्ष कम्पनीले १४ वटा देश तथा क्षेत्रमा ग्राहकहरूलाई ६,००० वटा युनिट सेवा प्रवाह गरिसकेको छ ।- सीसीटीभीप्लस