सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवादीत सांसद खगेन्द्र सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभन देखाएर अश्लिल भिडियो बनाई ‘ब्ल्याकमेल’ गरेको अडियो सार्वजनिक भएपछि पार्टीले कारबाही गर्ने जनाएको छ । सांसद सुनारले ती महिलालाई अश्लिल गालीगलौज गर्दै पैसा मागेको र नदिए ‘मारेर रगत खाने’ धम्की दिएको ४ वटा अडियो संवाद जनआस्था डटकमले सार्वजनिक गरेपछि उनी आफै सोमबारदेखि बेपत्ता भएका छन् । अडियो क्लिपमा सुनारले प्रयोग गरेका शब्दहरू अश्लिल र छाडा सुन्नसमेत नसकिने खालका छन् । पीडित महिला बागमति प्रादेशकी पूर्वसांसद समेत रहेको बुझिएको छ । गोपनीयिताका कारण ती महिलाको पहिचान सार्वजनिक गरिएको छैन ।
के के छ अडियोमा ? अडियोको शुरुको संवादमा ती महिलाले तनावका कारण आफ्नो फेसबुक अकाउण्ट डिएक्टिभेट गर्नु परेको बताउँछिन् । सुनारले ‘आज तेरो रगत कसरी खान्छु, पख्’ भन्दै अकाउण्ट डिएक्टिभेट नगर्न चेतावनी दिन्छन् । त्यसपछि महिलाले ‘गर्न खोजेको, भएन’ भनेको सुनिन्छ । तर,सुनार झन आक्रोशित बन्दै ‘किन गरेको डिएक्टिभेट ? साँझ म पुग्दासम्म एक्टिभेट भएन भने हेर्दै जा,के हुन्छ ?’ बागमती प्रदेशको पूर्वराज्यमन्त्री समेत रहेकी ती महिलालाई सुनारले तत्काल राजीनामा दिन निर्देशन दिएको पनि अडियोमा सुन्न सकिन्छ । ‘म पुग्दासम्म राजीनामा दिएर तेरो संसदीय दललाई बुझा, बुझिस् कि बुझिनस् ? तेरो काल नजिक आइराको छ,पख् ?’ सुनारले ती सांसद महिलालाई धम्क्याउँछन् । जवाफमा महिलाले डराएको स्वरमा ‘बुझेँ’ भन्छिन रसोध्छिन्,‘हजुरले मेरो नांगो भिडियो बनाउनुभयो, मैले सहेँ, तर मलाई किन यसरी टर्चर गरिरहनुहुन्छ ?’ ‘मलाई बूढी भन्ने, तर सधैँ कुट्ने, पिट्ने,काट्छु भन्ने,मार्छु भन्ने, मेरो नांगो भिडियो बनाउने, दुनियाँथरी टर्चर दिने, पैसा दिन्नँ भनेपछि पिट्ने, आखिर मैले यो कहिलेसम्म सहने ?’ सुनारले भन्छन्, ‘मलाई साँझसम्म चाहिन्छ, साँझ ८ बजेसम्म हुन्छ नि हैन पैसा ? ओइ, सुनिस्, साँझ आउँछ नि हैन ?’ महिला डराउँदै जवाफ दिन्छिन्, ‘हस्’। ‘पैसा आउँछ कि आउँदैन ?’ भन्दै सुनारले लगातार थर्काएपछि महिलाले भन्छिन्, ‘म चुप लागे पनि कराउनुहुन्छ,पैसा दिन्नँ भन्दा झन् कराउनुहुन्छ ...’ त्यत्तिकैमा सुनारले फेरि थर्काउँछन्, ‘यो र त्यो भनेर दोहोरो प्रश्न गर्ने होइन,तेरो त आज पख् ?’ ‘हजुरलाई पैसा नै चाहिएको त ?’ त्यसपछि सुनार भन्छन्, ‘अँ मलाई पैसा चाहिएको हो । साँझ आउँछ हैन ?’ त्रासमा रहेकी ती महिलाले बाध्य भएर भन्छिन्, ‘हस्,तपाईंलाई पैसा नै चाहिएको हो भने म जसरी भए पनि रेडी गर्छु।’ त्यसपछि सुनारले थप कन्फर्म गर्न सोध्छन्, ‘जहाँ गएर हुन्छ,मलाई पैसा पठा । बुझिस् कि बुझिनस् ?’ महिलाले ‘बुझेँ’ भनेपछि सुनार कुनै चलचित्रको खलनायक झैँ ‘गलल’ हाँसेको पनि अडियोमा प्रस्ट सुनिन्छ। सुनारको हाँसो नरोकिएपछि ती महिलाले रुँदै सोध्छिन्, ‘मैले के बिगारेको थिएँ र तपाईंले यस्तो गर्दै हुनुहुन्छ ?’ जवाफमा सुनुवारले मानवीय संवेदनाको समेत ख्याल नगरी गौरवका साथ भन्छन्, ‘हिरोको आमालाई, हिरोइनलाई बलात्कार गर्दा भिलेनलाई जस्तो आनान्द आउँछ नि,त्यस्तै भैुराछ ।’ सुनारले एक कांग्रेस नेतासँग नाम जोडेर ती महिलालाई ‘वेश्या’ भन्दै गालीगलौज गरेको पनि अडियोमा सुनिन्छ। भनेका छन्, ‘दुनियाँसँग सुतेकी यस्तालाई माननीय भन्नुपर्ने रे,हा हा हा।’
सुनारको बैंकिङ कारोबार पनि शंकास्पद
राजनीतिक दलका नेतादेखि प्रहरी प्रमुखसम्मलाई भ्रष्ट भन्दै सराप्ने सुनारको वित्तीय कारोबारसमेत शंकास्पद देखिएको छ । सिटिजन, एनआइएमबी, महालक्ष्मी, कामना सेवालगायतका बैंकमा रहेका खाताबाट गरिएका कारोबार अस्वभाविक देखिएको हो । युके, जापान, भारतसहितका विभिन्न देशबाट लाखौँ रुपैयाँ खातामा आएको ट्रान्जेक्सन अभिलेखबाट बुझिन्छ । यद्यपि, उक्त पैसा कुन प्रायोजनका लागि पठाइएको हो,त्यसबारे भने प्रष्ट छैन । जनआस्थाका अनुसार ४८० पृष्ठको कारोबार विवरण हेर्दा सुनारको कारोबार र स्रोतमाथि शंका गर्नुपर्ने प्रशस्त आधार भने देखिएका छन् । यतिवेला सांसद सुनार संसद सचिवालयमा उल्लेखित नम्बरको फोन अफ गरेका छन् । सुनारको अडियो काण्डबारे छानबिन हुन्छ : रास्वपा महामन्त्री रास्वपा महामन्त्री बिपिन आचार्यले ‘निजलाई छानबिन नटुङ्गिदासम्म माननीयको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा उपस्थित नहुन’ निर्देशन दिँदै भर्खरै मंगलबार विहान बिज्ञप्ती निकालेका छन् । उनले सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य,अनुचित दबाब,अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील रहेको भन्दै विधिको शासन,सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन नसक्ने बताएका छन् । महामन्त्री आचार्यले महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार,पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेका छन् । उनले यस विषयको सत्यतथ्य अन्वेषण गर्न केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको बताए । अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर,उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ । सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र,निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेछ भन्ने हाम्रो विश्वास छ । राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने प्रतिबद्धता आचार्यले व्यक्त गरेका छन् । विश्वस्त स्रोतका अनुसार सोमबार दाङको दङ्गीशरणमा रहेका सांसद सुनुवार साँझ नै नेपालगञ्ज हुँदै भारत तीर मोबाईल अफ गरेर भागेको बताइएको छ । यस वारेका उनको सचिवालय र पार्टीले समेत कुनै जानकारी दिएको छैन । देशको सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि यती गम्भिर आरोपको सूचना सार्वजनिक भए पनि उनलाई प्रहरीले खोजी समेत गरेको छैन् । स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङसँग वारम्बार सम्पर्कमा रहेका उनी सरकारकै सेटिङमा भारततीर लागेको स्रोतले जनायो ।