Dashain Banner
Dashain Banner

अन्ततः टाहाखेल-टीकाभैरव सडक खुलाउने जिम्मा गोदावरी नगरलाई नै

आइतबार, असोज २५, २०८३

टीकाभैरव ( ललितपुुर) । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ अन्तर्गतको टाहाखेल-टीकाभैरव सडक खुलाउन गोदावरी नगरपालिकालाई पत्राचार गरेको छ । असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण पहिरो गई सडक अवरुद्ध भए लगत्तै नगरपालिकाले पहिरो हटाएर सडक सञ्चालन गर्ने काम थालेको थियो । टाहाखेल–टीकाभैरव सडक खण्डको पहिरो हटाउने क्रममा प्रक्रिया नमिलेको भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनको निर्देशनमा काम रोकिएको थियो । मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयद्धारा प्रेषित पत्रमा भनिएको छ, ‘उक्त सडक खण्डमा रहेको सामग्री व्यवस्थापन गरी सडक सचालनमा ल्याउन आवश्यक सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।‘ पत्रमा उक्त सडक खण्डमा रहेको ढुंगालगायत पहिरोजन्य सामग्रीको उचित व्यवस्थापन गर्न समेत भनिएको छ ।  यसअघि उक्त कार्यालयले पहिरो हटाउनका लागि काम थालेपछि चुस्त रुपमा काम अघि बढ्न सकेको थिएन ।  गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले १५ दिनदेखि सडक अवरुद्ध हुँदा नागरिकले सास्ती भोग्न बाध्य भएको बताए । उनले भने, ‘पत्र प्राप्त भएपछि पहिरोको कारण खसेको ढुंगा र माटो सुरक्षित तरिकाले व्यवस्थापन गर्न, अबरुद्ध सडक खुलाउन निर्देशन दिएको छु, फिल्डमा खटिने साथीहरूले जतिसक्दो छिटो काम सक्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’  यो कामको आफूले निरन्तर अनुगमन गर्ने बताउँदै नगर प्रमुख महर्जनले भने, ‘क्षति कम हुने तवरले काम अघि बढाइने छ ।’ उनले भने, ‘सडकको माथिबाट खस्न ठिक्क परेको ठूलो ढुंगासहितको थुप्रो छ, त्यसलाई व्यवस्थित तवरले व्यवस्थापन गर्छौ, त्यसपछि सडकलाई ढाक्ने गरी माटो फिजिएको छ, त्यसलाई उठाउँँछौं, सबै प्रक्रिया पूरा गरेर, सबैको सुरक्षालाई ध्यानमा राखेर एक साताभित्र काम सम्पन्न गर्छौ ।’ 

Goda-wari-1791718666.jpeg
 

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  १७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार