जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता 

बिहीबार, भदौ १८, २०८३

काठमाडौं । नेपालको जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालय असाहिजुकु सेकेन्डरी स्कुल र कासिमा गाकुएन हाई स्कुलबीच शैक्षकि सहकार्यका लागि सम्झौता भएको छ ।  जेम्स स्कुलले जापानी विद्यालयका अध्यक्ष तथा उपाध्यक्षसहितको प्रतिनिधिमण्डलको उपस्थितिमा बुधबार दुई विद्यालयसँग भगिनी विद्यालय साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।  साझेदारीअन्तर्गत शैक्षिक तथा सांस्कृतिक आदानप्रदान, विद्यार्थी तथा शिक्षकको क्षमता विकास, खेलकुद तथा अतिरिक्त क्रियाकलापलगायतका क्षेत्रमा सहकार्य गरिनेछ । यसबाट दुवै देशका विद्यार्थी तथा शिक्षकले एकअर्काको संस्कृति, शैक्षिक अभ्यास र अनुभव बुझ्ने अवसर पाउने अपेक्षा गरिएको छ । कार्यक्रममा जेम्स स्कुलका संस्थापक अध्यक्ष राजेश खड्काले विद्यालयको स्थापना र विकास यात्राबारे जानकारी दिँदै युवा पुस्ताको विकासमा अन्तर्राष्ट्रिय अनुभव र अन्तरसांस्कृतिक सिकाइको महत्त्व रहेको बताए । जापानी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिनिची ओमारीले जेम्स स्कुलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै साझेदारीले नेपाल र जापानका विद्यार्थी तथा शिक्षकका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।  विद्यालयले यो साझेदारीलाई अन्तर्राष्ट्रिय सहभागिता विस्तारसँगै नेपाल–जापानबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार