‘दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’

ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

शनिबार, कात्तिक ७, २०८३

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना छन्, तैपनि मानिस हरेक बिहान नयाँ आशासहित उठ्छ र यही भोगाइ बोकेको ‘म बाँचेको सार के हो खोजी गर्दै छु’ गीत गायिका ऋचा काफ्लेको स्वरमा सार्वजनिक भएको छ । विश्लेषक तथा गीतकार डम्बर खतिवडाको शब्द र मोहन तिम्सिनाको सङ्गीत रहेको गीतले पिडाबिच पनि सपना देख्न नछाड्ने मानिसको अन्तरमनलाई समेटेको छ । गीतको सुरुवाती पङ्क्तिले बाँच्नुको अर्थ खोज्छ भने ‘दिनदिनै बौरिँदै छु दिनै मर्दै छु’ भन्ने अभिव्यक्तिले चोटले टुट्ने र आशाले फेरि उठ्ने मानवीय अवस्थालाई उजागर गर्छ । ‘केही चाहना छन्, बलेँसीमा रुन्छन्’ र ‘केही भावना छन्, अचानोमा हुन्छन्’ जस्ता पङ्क्तिले परिचित बिम्बमार्फत अधुरा रहर र मनका पीडालाई जीवन्त बनाएका छन् । झरी, बादल र भेलबिच अघि बढिरहेको पात्र ‘तर पनि इन्द्रेणीको सिँढी चढ्दै छु’ भन्दै दुःखबाट उज्यालोतर्फ पुग्ने सपना जोगाइरहन्छ । गीतमा चन्द्रमा छुने सुख र मुटु ठुँग्ने चोट सँगसँगै आउँछन्, जसले एउटै जीवनभित्र गाँसिएका खुसी र दुःखको यथार्थ बोल्छन् । यस्तो भाव बोकेको गीत लिएर आएकी ऋचा स्वास्थ्य सेवा, अध्ययन र पारिवारिक जिम्मेवारीसँगै गायनलाई निरन्तरता दिइरहेकी छन् । सुनसरीको बकलौरी स्वास्थ्य चौकीमा नर्सका रूपमा कार्यरत उनी हाल अध्ययन बिदामा पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङको थप अध्ययन गरिरहेकी छन् । दुई छोराको हेरचाह र पडाइबिच सङ्गीतका लागि समय निकालिरहेकी ऋचाको औपचारिक गायन यात्रा २०७४ सालमा ‘नफक्रँदै फूलको चोला’ गीतबाट सुरु भएको थियो । एक दर्जनभन्दा बढी गीतमा एकल स्वर दिइसकेकी उनका ‘एक आनी दुवानी’ र ‘कुरा बुझे बरिलै’ लगायतका गीत सार्वजनिक छन् । नयाँ गीतले बाँच्नुको अर्थको ठोस उत्तर दिँदैन, तर हरेक चोटपछि फेरि उठ्ने र आशा जोगाइराख्ने प्रयासमै जीवनको

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार