Dashain Banner
Dashain Banner

उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघ्यो

आइतबार, कात्तिक १, २०८३

काठमाडौं । बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार हालसम्म ७८ हजार सार्वजनिक सवारीसाधनले उपत्यका छाडेको र ४ लाख ९६ हजार यात्रु बाहिरिएका छन् । यो तथ्यांक घटस्थापनादेखि यताको हो ।  तर दशैंको महअष्टमीको दिन घर फर्कने यात्रुहरुको चाप निकै देखिएको पनि उनले जानकारी दिए । निजी सवारी साधनबाट बाहिरिने यात्रुको तथ्यांक आइनसकेको उनले बताए । महाअष्टमीका दिन बिहान उपत्यकाबाट बाहिरिने गाडीको चाप बढी देखिए पनि दिउँसो भने क्रमशस् कम हुँदै गएको उनले बताए । उपत्यका छाड्को संख्या बढ्सँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ । तर तिब्र गतिमा सवारी चलाउने, लापसे–मापसे गर्नेहरुलाई कडाइ गरिएको पनि प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार