सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०२, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ५७, हर्न निषेधमा ८, लेन क्रसमा ३, अवस्था ठिक नभएको २ र .अन्यमा १०५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।