सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को दुई महिने राष्ट्रिय जागरण अभियान आज शनिबारदेखि सुरु हुँदैछ । दिउँसो २ : ३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी यस अभियानको औपचारिक उद्घाटन गरिने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् । अभियानका मुख्य विशेषता तथा कार्यक्रमहरू : सम्बोधन : उद्घाटन कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अवधि : यो अभियान आज कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ।
उद्देश्य : राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संस्थागत विकास, जनजीविकाका सवालहरू, पार्टी समायोजन, सङ्गठित सदस्यता नवीकरण तथा सङ्गठन सुदृढीकरण गर्ने यस अभियानको मुख्य लक्ष्य हो ।
अभियान अन्तर्गत सञ्चालन हुने प्रमुख गतिविधिहरू : सङ्गठन सुदृढीकरणस् पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा सङ्गठनहरूको समायोजनका बाँकी कामहरू सम्पन्न गर्ने तथा सदस्यता नवीकरण र विस्तार तीव्र पार्ने । जनतासँग सम्बन्ध : पार्टीका बैठक, भेला, प्रशिक्षण, सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरूसँगै जनताकेन्द्रित गतिविधि सञ्चालन गर्ने । जनजीविका र सेवा : जनताका माग तथा दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने र कार्यान्वयनका लागि पहल गर्ने। साथै, श्रम तथा जनसेवाका कार्यक्रम र विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको काममा सहयोग पुर्याउने । ज्ञापनपत्र तथा ध्यानाकर्षण : महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा लगायतका जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने। यस अन्तर्गत केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० समक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गरिनेछ । नेकपाको केन्द्रीय संयोजन समिति बैठकले यस जागरण अभियानसँगै आगामी स्थानीय तहको निर्वाचन अगाडि वडा र पालिका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय समेत गरेको छ । यस्तो छ नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान ।