Dashain Banner
Dashain Banner

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

शुक्रबार, कात्तिक ६, २०८३

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका–९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो ।  कालीकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।  प्रतियोगितामा ३० वर्षभन्दा मुनिका खेलाडीहरुमा नवीन विष्ट प्रथम, अनिल दर्जी दोस्रो, अर्जुन ढोली तेस्रो भएका थिए भने, ३० वर्षभन्दा माथिका खेलाडीहरुमा पहरे दर्जी प्रथम, बीरेन्द्र बोहरा दोस्रो र प्रकाश दर्जी तेस्रो स्थान हासिल गरेको खेल आयोजक समितिका संयोजक विन्दमान लामिछानेले बताए । उनका अनुसार खेलमा उत्कृष्ट खेलाडीमा नवीन विष्ट घोषित भएका थिए ।  ओभरअल च्याम्पियनमा ५५ वर्षीया पहरे दर्जी भएको संयोजक लामिछानेले बताए । उनले दर्जीको उपलब्धिले सबै खेलाडी तथा युवाहरूलाई प्रेरणा दिएको बताए । यो खेल प्रतियोगिता केवल जित र हारमा सीमित नभई युवालाई खेलप्रति आकर्षित गर्ने, दुव्र्यसनमुक्त समाज निर्माण गर्ने र राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानको महत्वपूर्ण उपलब्धि बनेको रहेको संयोजक छामिछानेले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार