सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका छन् । नेपाल बुद्धिचाल महासंघले केन्द्रीय सदस्य नीता सैंजुको नेतृवमा विभिन्न उमेर समूहका ११खेलाडी, ५जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी गराएका छन् । प्रतियोगितामा नेपाली खेलाडी छात्रतर्फ युवा ८ सुनव ओझा, युवा १० शुभाङ्ग प्रधान, युवा १२ अग्रिम सैंजू, युवा १४ आयुष भण्डारी र प्रबिर के.सी.ले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी छात्रातर्फ युवा १० अग्रता आचार्य, युवा १२ निहाना श्रेष्ठ, युवा १४ उज्जिवनी कँडेल, युवा १६ नेलिसा ओझाले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीमा अभिभावक भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा प्रबिश प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनद्वारा हस्ताक्षरित पत्रमा सहभागी हुने खेलाडी तथा टोलीका सदस्यहरूको यात्रा र सहभागिता सहज बनाउन सम्बन्धित निकाय तथा संस्थाहरूलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ । पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप नेपाली युवा खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव हासिल गर्ने अवसरका रूपमा रहेको प्रवक्ता ताम्राकारले बताए ।