सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ तिरेर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका धेरै फिल्म हेर्न सकिन्छ भने छिटै ‘जनै हराएको मान्छे’, ‘सोल्टिनी’ पनि उपलब्ध हुनेछ । प्रवासमा रहेका दर्शकलाई सरल र झन्झट रहित सेवा प्रवाह गर्न नेपाली फिल्मको लाइब्रेरी बलियो बनाउन लागिएको डिगोले जनाएको छ । डिगोका अनुसार ग्राहकले लिएको एउटा सब्स्क्रिप्सनमार्फत एपमा उपलब्ध सबै फिल्म, लाइभ स्पोट्र्स, रियालिटी शोसँगै जिओहटस्टारका सामग्रीहरू हेर्न पाउनेछन् । जिओहटस्टारमा रहेका ‘भेडिया’, ‘टुवेल्थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, ‘वेलकम टु द जंगल’ जस्ता ब्लकबस्टर फिल्महरूसँगै जिओहटस्टार ओरिजिनलहरू ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसल अप्स’, ‘चिरैया’ लगायतका सामग्रीहरू उपलब्ध छन् । यसका साथै हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’, ‘थुडक्म’ जस्ता चर्चित साउथ इन्डियन फिल्मसँगै ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ र पछिल्लो समय चर्चामा रहेको ‘कफी विथ करण’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू डिगोमा हेर्न सकिनेछ । यसका साथै हरेक हप्ता डिगोमा नयाँ नेपाली फिल्महरू उपलब्ध हुनेछन् ।