गृहणीलाई इलेक्ट्रिसियन तालिम (भिडियो)

बुधबार, जेठ १६, २०८१

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले वडावासी गृहणी महिलाका लागि एक दिने इलेक्ट्रिसियन तालिम कार्यक्रम सम्पन्न गरेको छ । तालिममा वडा भित्र बसोबास गरेका गृहणी महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो । तालिम प्रशिक्षक मंगल महर्जनले घरायसी प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक सामानहरू चलाउँदा अपनाउनु पर्ने सावधानीसहित सामान्य ममर्त गर्ने कलाका बारेमा जानकारी गराएका थिए । विद्युत् भनेको के हो, करेन्ट कसरी प्रवाह हुन्छ, इलेक्ट्रिक सामान जोड्दा एक्कासी एमसीबी झर्ने समस्या आउनुको कारण जस्ता विषयमा उनले तालिमका सहभागी महिलालाई जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष जीवन महर्जनले वडा कार्यालयले महिलालाई विद्युतिय सामग्री प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिन तालिम कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।  वडा सदस्य मधुसिंह ठकुरीले महिलाहरूलाई सचेत गराउन तथा सानातिना समस्या आइपर्दा आफैं समाधान गर्न सक्ने बनाउन यो कार्यक्रम गरिएको बताउनुभयो ।  सामाजिक परिचालिका सावित्रा गौतमले सञ्चालन गरेको उक्त तालिम कार्यक्रममा वडासदस्य राजनमल्ल ठकुरीको पनि उपस्थिति रहेको थियो । 

ele--1716938387.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार