सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका छन् । राष्ट्रिय च्याम्पियनद्वय अग्रिम सैंजुले युवा १३ वर्ष र अग्रता आचार्यले युवा ११ वर्षमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुको साथमा खेलाडीका अभिभावक अमुल्य आचार्य साथमा गएका छन् । रसियाको बुनरेभोस्थित तुला क्षेत्रमा बिहीबारदेखि सञ्चालन हुने २० औं एशियाली विद्यालय स्तरीय चेस च्याम्पियनसिपमा क्लासिकल, रापिड तथा ब्लिट्ज विधा ९ चरणको खेल हुनेछ । एशियाली चेस महासंघ (एसिएफ)को सहकार्यमा स्थानीय आयोजकले फिडेको लागू कार्यविधि अधिनमा रहि प्रतियोगिता ९-९ चरणका खेल चल्नेछ। प्रतिस्पर्धा अक्टोबर १ देखि ११ खेलका लागि १२ राष्ट्रका ३२१ खेलाडीहरुको सहभागीता सुनिश्चित भइसकेको छ । प्रतियोगितामा नेपाल सहित चिन, इन्डोनेसिया, भारत, इरान, काजकिस्तान, पाकिस्तान, रुस, श्रीलंका, ताजकिस्तान, तुर्किमिनिस्तान र उज्बेकिस्तानका उच्च वरियता खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । जस अन्तर्गत छात्रा तर्फ युवा ११ वर्षका अग्रता आचार्य र छात्र तर्फ युवा १३ वर्यका अग्रिम सैंजुले आफ्नो समूहमा स्वर्ण, रजत तथा काश्य पदकको लक्ष्य बोकेका छन् । खेलाडीको हवाइ टिकट, खाना तथा आवासको व्यवस्था नेपाल बुद्धिचाल महासंघको व्यवस्थापनमा भएको हो । पछिल्लो समय महासंघले नेपाली चेस खेलाडीहरुका लागि अन्तर्राष्ट्रिय सहभागीताको अधिक अबसर श्रृजना गरिरहेको प्रवक्ता राजु ताम्राकारले जानकारी दिए ।