जनकपुरधामका मेयर मनोज साहको प्रश्न, 'पूरा जनकपुर गुठी कै हो, शौचालय कहाँ बनाउने ?'

बुधबार, असोज १४, २०८३

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय कहाँ बनाउने ? भनेर प्रश्न गरेका छन् । बुधबार उपमहानगरपालिकामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मेयर साहले गुठी संस्थालाई उपमहानगरपालिकाले असहयोग गर्नुको कारणबारे जानकारी गराएका छन् ।  उनले अतिक्रमित जग्गा खाली गराउन उपमहानगरपालिका सदैव साकारात्मक भएपनि गुठी संस्थाले अतिक्रमित जग्गा कसलाई भन्ने ? भनेर आफै प्रष्ट नरहेको बताएका छन् । एक महिना अघि गुठी संस्थानले जनकपुरधामका सात वटा पोखरीको डिलमा बनाइएको अतिक्रमित भनिएका संरचनाहरु भत्काउने क्रममा एउटा सार्वजनिक सौचालय पनि भत्काएकोमा मेयर साहले प्रश्न उठाएका छन् । उनले सरकारकै पैसाले जनताको सुविधाका निम्ति निर्माण गरेको सौचालयसम्म हटाउने प्रवृतिमाथि प्रश्न उठाएका छन् । उनले सबै सार्वजनिक सौचालयसमेत तोड्ने हो भने लोटा लिएर कहाँ जाने ? भनेर प्रश्न गरेका छन् । मेयर साहले जनताको हितका लागि सरकारकै लगानिबाट बनेका संरचना हटाउने कार्यमा जनकपुरधाम उपमहानगरपालिकाले कुनै सहयोग नगर्ने प्रस्ट पारेका छन् । तीनै तहको सरकारको लगानीमै विभिन्न स्थानमा जनताको सुविधाका निम्ति बनेका शौचालय, विद्यालय, योगकेन्द्रहरु भत्काउँदा जनतालाई नै सास्ती हुने र सरकारको पैसा डुब्ने हुनाले त्यस्ता कार्यमा उपमहानगरपालिकाले कुनै सहयोग नगर्ने मेयर साहको भनाई छ । करीब एक महिना अघि गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिका भित्रका ७ वटा पोखरीको डिलमा बनाइएका अनाधिकृत संरचनाहरुमा डोजर लगाएर खाली गराएको थियो । त्यस पश्चात पुनः ७ वटा थप पोखरीको डिल खाली गराउने सूचना निकालेको गुठीले जनकपुरधाम उपमहानगरपालिकाले असहयोग गरेको भन्दै कार्य रोकेको छ । अब फेरि खाली गराउने कार्य कहिलेदेखि सुरु हुने हो भन्ने निश्चित भएको छैन ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार