गोदावरी नगरको ‘विकट ’ ठाउँ चापाखर्कका नगर स्वास्थ्य केन्द्र 

नगर प्रमुख भन्छन्,  ‘पालिकाले स्वास्थ्य र शिक्षामा धेरै र प्रभावकारी काम गरेको छ’ 
शुक्रबार, असोज १६, २०८३

चापाखर्क (ललितपुर)  । गोदावरी नगरपालिकाले पालिकको ‘विकट’ ठाउँ चापाखर्कमा निर्माण सम्पन्न भएको  नगर स्वास्थ्य केन्द्र सचालनमा ल्याएको छ । विकट भूगोलका कारण पालिकाको वडा नंं. २ स्थित चापार्खकका बासिन्दालाई वडाभित्रका अन्य स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा लिन सकस परेको थियो । उक्त केन्द्रको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँल, नगर प्रमुख गजेन्द्र महर्जन, नगर उपप्रमुख मुना अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । उक्त स्वास्थ्य केन्द्रको निर्माण जिल्ला समन्वय समिति र गोदावरी नगरपालिकाको संयुक्त लगानीमा भएको हो ।  जिल्ला समन्वय समितिका प्रमुख फुयाँलले चापाखर्क, कोतडाँडा र देवीचौरमाथिको छोटेडाँडा पालिकाको दुर्गम ठाउँ भएको बताउँदै विकट वस्तीमा स्वास्थ्य केन्द्र बनाएर पालिकाले  स्वास्थ्य क्षेत्रप्रति संवेदनशील भएको पुष्टि गरेको उल्लेख गरे । 

Gaju-1790926493.jpg
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वडावासीलाई स्वास्थ्य सेवामा सहज पहुचका लागि चापाखर्कमा स्वास्थ्य केन्द्र संचालन गरेको बताए ।  उनले भने, ‘ हामी भूगोलका कारण ठगिएका छौं, जटिल भूगोलका कारण यो वडामा धेरै वटा स्वास्थ्य केन्द्र बनाउनु पर्‍यो, यो हामीले वडावासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन गरेका हौं ।’  गोदवारी नगरपालिकामा  सडकको समस्या धेरै भएको बताउँदै उनले भने, बाढपहिरोका कारण वर्षायाममा त यहाँ आउन सकिदैंन, महालक्ष्मी नगरपालिका भएर आउनुपर्र्छ ‘ नगरप्रमुख महर्जनले पक्की सडक निर्माण आवश्यक भएको बताउँदै नगरको बजेट मात्रै सडक निर्माणका लागि बजेट पर्याप्त हुँदैन, संघ र प्रदेशको पनि ध्यान पुग्नुपर्‍यो । ’ नगर उपप्रमुख मुना अधिकारीले गोदावरी नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानीलाई प्राथमिकतामा राखेको बताउँदै यस स्वास्थ्य केन्द्रबाट चापाखर्कबासीलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने बताइन् । भूगोलका कारण चापाखर्कबासी वडाभित्रकै अन्य स्वास्थ्य केन्द्रमा सेवाका लागि जान सहज र संभव नभएकाले यो स्वास्थ्य केन्द्र निर्माण गरेको प्रष्ट पारिन् ।  वडा नं. २ का वडाअध्यक्ष मनोहर सिल्वालले वडामा चार वटा स्वास्थ्य संस्था भएको बताउँदै भूगोलका कारण एकै प्रकृतिका चारवटा संस्था निर्माण गर्नुपरेको बताए । सबै वडाबासीमा स्वास्थ्य सेवा पुर्‍याउन नगरले बजेट व्यवस्थापन गरेर यो भवन निर्माण गरेको प्रष्ट पारे । उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँमा विरामी पर्दा उपचारका लागि जानसक्ने भूगोल छैन, त्यसैले वस्ती भएको ठाउँमा स्वास्थ्य केन्द्र बनाएका हौं ।’ व्यवस्थित र मितव्ययी तरीकाले भवन निर्माण भएको बताउँदै निर्माणमा लाग्ने सबैलाई उनले धन्यवाद दिए । उनले भने,‘ म नगर प्रमुख, उपप्रमुख लगायत सबैलाई धन्यवाद भन्छु, वडावासीले पनि सानातिना कुरा टिप्पणी गर्ने होइन, धन्यवाद दिने संस्कारको विकास गर्नुपर्छ , सबैलाई धन्यवाद भनौँ ।’ उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर तामाङले चापाखर्कमा स्वास्थ्य केन्द्र निर्माण गरेर पालिकाले महत्वपूर्ण काम गरेको बताए । स्वास्थ्य सेवाका लागि अब यहाँका बासिन्दा धाएर जानुपर्ने अवस्था अन्त्य भएको प्रष्ट पारे ।

Gannu-1790926499.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार