भारती तिमी छिट्टै निको होऔं 

बिहीबार, फागुन १७, २०८०

मंगलबार राति सुत्ने तरखर गर्दै  कोठातिर जान लाग्दैं थिएँ, बाबाले भारती मानन्धरले आत्महत्याको प्रयास गरेको समाचार सुनाउनु भयो । त्यो खबरले निशब्द भएँ । विक्षिप्त भएँ । दिमागमा धेरै कुरा खेल्यो । ओछ्यानामा पल्टे मात्रै निदाउन सकिनँ । धेरै छटपटी भयो । कानमा उनको अन्तर्वार्ता र उनले गरेको कुरा गुन्जिरह्यो । मनमा अनगिन्ती कुराहरु तछाडमछाड गरी आए । कति गाह्रो छ, यो समाजमा महिला भएकै कारण आत्मसम्मान जोगाएर बाँच्न त्यसमाथि एकल महिला । न्याय पाउन कति संघर्ष गर्नुपर्छ । आत्मसम्मानका लागि छोराले पनि मेरो छट्पटी देखेर ‘मामु सन्चो भएन हो’ भनेर सोध्यो । मैले उसँग झुट बोलेँ । उसलाई सुत्न भनेँ र उठेर लेख्न सुरु गरेँ । 
समाजमा के हुदैछ रु हामी कस्तो समाज निर्माण गर्दैछौँ । सत्ययुगमा सितामाताले अग्नि परीक्षा दिए जस्तो महिला भएर जन्मिएकै कारण कति परीक्षा दिनु पर्ने रु यस्तै प्रश्नले मन अमिलो बन्यो । मन भारी भयो । दिनदाहदै खुडा प्रहार गरेर जीवनसाथीको हत्या भएपछि भारतीलाई के भयो होला रु उनले कति थरीका पीडा भोगिन् होला रु  कसले महसुस गर्न सक्छ र १ एक महिलाको जीवनभरको साथ र साहरा,एक बालकको संरक्षक र बाबुआमाको सारथी र आशाको केन्द्र खोसिनु कति कहाली लाग्दो घटना । सम्झदाँ पनि शरीरमा काडाँ उम्रन्छ । जीवन छाडेर मृत्यु रोज्न पुगेकी भारतीलाई सम्झेर केही लेख्ने जमर्को गरेकी छु । 
प्रिय भारती, 
तिमीलाई मैले प्रत्यक्ष नभेटे पनि म तिमीसँग नजिक छु । सञ्चारमाध्यमले मलाई तिमीसँग नजिक बनाएको छ । मैले तिम्रो अन्तर्वार्ता पढेको छु । सुनेकी छु । हेरेकी छु । तिम्रो जीवनसाथीको हत्याका समाचार पढ्दा मेरो आँखा धेरै पटक रसाएका थिए । अझैं रसाउँछन् । तिम्रा आँखाबाट आँसु बग्दा म तिमीसँगै रोएकी छु । तिमीसँगै भक्कानिएकी छु । तिम्रो पीडा मैले  नजिकबाट महसुस गरेकी छु । तिमी, तिम्रो छोरा र तिम्रा परिवारप्रति मेरो सद्भाव र माया सधैंभरिलाई छ । तिमी जस्ता हजारौं दिदिबहिनीहरुप्रति मेरो सधै सम्मान र सद्भाव र साथ छ । हाम्रो जस्तो पुरुषप्रधान समाजमा एकल महिलालाई बाँच्न कति गाह्रो छ , मैले त्यो कुरा महसुस गरेकी छु । 
प्रिय भारती, 
तर, तिमीले गल्ती ग¥यौं । तिमीलाई आफूमाथि थुप्रिएका असहजता, अपमान कतिदिनसम्म सहरे बस्ने जस्तो लाग्यो होला । तिमीले त्यसरी हार मान्नु हुन्न थियो भारती, साँच्चै हार मान्नु हुन्न थियो । साहसी र हिम्मत भएकी मेरी बहिनीको दिमागमा कसरी त्यस्तो कुरा आयो होला भनेर एकातिर म त तिमी बारेको समाचार सुनेपछि, पढेपछि केही छिन त छक्क परेँ । र अर्कोतिर भन ठानेँ ,आफ्नो मनलाई फेरि बुझाएँ , त्यस्तै केही पर्‍यो होला । 
हुन त मैले तिमी जस्ती साहसी महिलाको अगाडि धेरै कुरा गर्नु आवश्यक छैन । तिमीले धेरै कुरा बुझेकी छौं । उमेरमा दिदी र महिला भएकै कारण तिमीलाई सार्वजनिक रुपमा एउटा कुरा भन्छु—आफ्नो जीवन फ्याँक्ने निर्णय गर्न तर्फ कहिल्यै उन्मुख नहुनू भारती । भगवान बुद्ध भन्नुहुन्छ—समस्या छ, समस्याको कारण छ र त्यसको समाधान पनि छ । समस्याबाट भागेर होइन, समस्याको समाधान खोज्न भन्नु हुन्छ । त्यसैले भारती समस्यासँग मुकाविला गरेर अघि बढ्नुपर्छ । आत्याचारविरुद्ध एकबद्ध हुनुपर्छ । संगठित हुनु आवश्यक छ । हाम्रो समाजमा एकल महिलालाई हेर्ने दृष्टि अत्यन्तै खराब छ । उसको अस्तित्वलाई स्वीकार गर्दै नगर्नु सबैभन्दा ठूलो भुल हो । तर त्यस्तो भुल यहाँ पाइला पाइलामा गरिन्छ । भएको छ । महिलामाथि हिंसा हुन्छ । हिंसा भयो भनेर कानुनी प्रक्रियामा जाँदा प्रमाण चाहिन्छ । सबै हिंसाको प्रमाण हुन्छ रु हुँदैन । 
एकल महिलाले चाल्ने पाइलामा समेत शंका गरिन्छ यहाँ । पाइला पाइला लाञ्छना लगाउन खोजिन्छ । दोषको भागिदार बनाइन्छ । समाजले दुव्र्यवहार गर्छ भनेर कमजोर बन्नु हुँदैन । आत्मविश्वासका साथ अघि बढ्नुपर्छ भारती । धेरै कुरा के लेखौँ अहिले,स्वतन्त्रतापूर्वक दबाब र तनावरहित जीवन बिताउने वातावरण निर्माण होस् भन्ने अपेक्षा गर्दछु । भारती बहिनी तिम्रो शारीरिक र मानसिक स्वास्थ्य लाभको कामना । छिट्टै निको हुनु । 
तिम्रो शुभचिन्तक दिदी 
वाणगंगा–११ कपिलवस्तु

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार