Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

ललितपुर महानगर २७ नं. वडा सुनाकोठीमा मैत्री पूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न (भिडियाे)

मंगलबार, कात्तिक ४, २०८२

सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका २७ नं. वडा सुनाकोठीस्थित व्याडमिन्टन कभर्ड हलमा शनिबारदेखि सुरु भएको तेस्रो मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हिजो सोमबार सम्पन्न भएको छ । ‘स्वस्थ्य जीवनका लागि निरन्तर ब्यायाम’ स्लोगान दिएर नेपालीहरूको महान चाड शुभ दीपावली, नेपाल सम्वत् ११४६ (न्हुँदय) तथा छठ पर्व २०८२ को शुभ अवसरमा सुनाकोठी ब्याडमिन्टन क्लबले तीन दिने प्रतियोगिता आयोजनामा गरेको हो । ललितपुर महानगरपालिका २७ नं. वडाको सहयोगमा आयोजित उक्त प्रतियोगितामा सुनाकोठी ब्याडमिन्टन क्लबमा आवद्ध २२ टोलीका ४४ खेलाडीको सहभागिता रहेको थियो । हिजो कात्तिक ३ गते सोमबार प्रतियोगिताका फाइनल खेल भएका थिए । उक्त प्रतियोगिताको विजेता टोलीले १० हजार नगदसहित ट्रफि प्राप्त गरेका छन् । प्रतियोगितामा द्धितीय हुने टोलीले ८ हजार र तृतीय हुने टोलीले ६ हजार नगदसहित ट्रफि प्राप्त गरेका छन् ।  मेन्स डबल्स प्रणालीमा खेलाइएको उक्त प्रतियोगिता लिग प्रणाली अनुरुप बिजेता टोलीको छनोट गरिएको हो । प्रत्येक खेल ३ सेटमध्ये २ सेट जित्ने (बेस्ट अफ ३ गेम्स) प्रणालीमा गराइएको थियो । प्रत्येक सेट २१ अंक सम्म (र्‍याली स्कोरिङ प्रणाली) खेलाइएको थियो । प्रतियोगितामा सेट बीतर्फ दिनेश र गोपाल महर्जनको टोली तृतीय भएको थियो, मदर र कृष्णहरि महर्जनको टोली द्धितीय, तथा बासु र नवराजको टोली प्रथम स्थान हासिल गरी नगद र ट्रफी प्राप्त गरे । यस्तै सेट एतर्फ रबिन र दुर्गाको टोली तृतीय, राकेश शाक्य र मनोज महर्जनको टोली द्धितीय तथा राकेश महर्जन र बीपी भट्टको टोली प्रथम भई नगद, ट्रफीसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिता समापनका अवसरमा बिजेता खेलाडीलाई ललितपुर महानगरपालिका वडा नं. २७ का वडाअध्यक्ष कृष्णहरि महर्जन, वडा सदस्यहरू निरोज महर्जन, श्यामकृष्ण महर्जन, रामदेवी महर्जनले विजेजा खेलाडीलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।  सुनाकोठी ब्याडमिन्टन क्लबका महेश महर्जनले स्वागत गरी सुरु भएको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष कृष्णहरि महर्जनले आफू वडाको नेतृत्वमा आइसकेपछि खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउँदै भविष्यमा पनि खेलकुद क्षेत्रलाई उत्तिकै प्राथमिकतामा राखेर वडा कार्यालय अघि बढ्ने जानकारी दिए । ‘तेस्रो प्रतियोगितासम्म आइपुग्दा ब्याडमिन्टन खेलले उचाई प्राप्त गरेको छ । क्लबका सदस्य तथा वडा टिमले साथ दियो भने सुनाकोठीमा महानगर स्तरीय प्रतियोगिता आयोजना गर्ने सोच बनाएको छु’, वडाअध्यक्ष महर्जनले भने ।  कार्यक्रममा वडा सदस्य निरोज महर्जनले खेल क्षेत्रलाई वडा कार्यालयले महत्य दिएको जनाउँदै प्रतियोगितामा जेन्जी पुस्तालाई पनि समावेश गर्न सुझाव दिए । अर्का सदस्य रामदेवी महर्जनले ब्याडमिन्टन प्रतियोगितामा महिला खेलाडीलाई पनि समावेश गर्न सुझाव दिइन ।  कार्यक्रमका सभापति एवम् सुनाकोठी ब्याडमिन्टन क्लबका अध्यक्ष राकेश महर्जनले ब्याडमिन्टन क्लबको स्थापनादेखि आरोह अवरोहका बारेमा प्रकाश पार्दै भविष्यमा यस प्रतियोगितालाई भव्य एवम् सभ्य बनाउने प्रतिवद्धता जनाएका छन् ।

rake-1761016808.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार