सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका २७ नं. वडा सुनाकोठीस्थित व्याडमिन्टन कभर्ड हलमा आज (शनिबार) देखि तेस्रो मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । ‘स्वस्थ्य जीवनका लागि निरन्तर ब्यायाम’ स्लोगान दिएर नेपालीहरूको महान चाड शुभ दीपावली, नेपाल सम्वत् ११४६ (न्हँदया) तथा छठ पर्व २०८२ को शुभ अवसरमा सुनाकोठी ब्याडमिन्टन क्लबको आयोजनामा तीन दिने प्रतियोगिता सुरु भएको हो । ललितपुर महानगरपालिका २७ नं. वडाको सहयोगमा आयोजित उक्त प्रतियोगितामा सुनाकोठी ब्याडमिन्टन क्लबमा आवद्ध ४४ खेलाडीको सहभागिता रहेको छ । कात्तिक ३ गते सोमबारसम्म जारी रहने उक्त प्रतियोगिताको विजेता टोलीले १० हजार नगदसहित ट्रफि प्राप्त गर्नेछ । प्रतियोगितामा द्धितीय हुने टोलीले ८ हजार र तृतीय हुने टोलीले ६ हजार नगदसहित ट्रफि प्राप्त गर्ने सुनाकोठी ब्याडमिन्टन क्लबका अध्यक्ष राकेश महर्जनले शब्दपाटीलाई जानकारी दिए । मेन्स डबल्स प्रणालीमा खेलाइने उक्त प्रतियोगिता लिग प्रणाली अनुरुप बिजेता टोलीको छनोट गरिनेछ । प्रत्येक खेल ३ सेटमध्ये २ सेट जित्ने (बेस्ट अफ ३ गेम्स) प्रणालीमा गराइएकाे छ । प्रत्येक सेट २१ अंक सम्म (र्याली स्कोरिङ प्रणाली) खेलाइएकाे छ । प्रतियोगिताकाे पहिलो दिनको खेलमा ललितपुर महानगरपालिका वडा नं. २७ का वडाअध्यक्ष कृष्णहरि महर्जनसहितका क्लबका खेलाडीले लिग चरणका खेलहरु खलेका छन् । प्रतियोगिता अवलोकनका लागि पूर्वसांसद राजकाजी महर्जन कभर्ड हलमा उपस्थित भएका थिए । प्रतियोगिता अन्तर्गत आगामी सोमबार फाइनल खेल हुनेछन् ।