Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

वीरगन्जमा प्रदूषणविरुद्ध आक्रोश, उद्योगका अधिकारीलाई कालो मोसो

शुक्रबार, कात्तिक ७, २०८२

वीरगन्ज । छठ पर्व नजिकिँदै गर्दा सिर्सिया नदी प्रदूषणको विषयले फेरि तराईको जनजीवन तातिएको छ । वीरगन्ज महानगरपालिका–३२, चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का एक अधिकारीमाथि शुक्रबार स्थानीयवासीले कालो मोसो दलेका छन् । स्थानीयहरूको एक समूहले कम्पनी परिसरमै प्रवेश गरी प्रशासन शाखाका अधिकारी काशीनाथ तिवारीमाथि दुव्र्यवहार गर्दै कालो मोसो दलिएको प्रहरीले पुष्टि गरेको छ । तिवारीले घटनापछि आफ्नो आँखामा जलन र असहजता भएको बताएका छन् । स्थानीयवासीका अनुसार, कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल ल्युब्रिकेन्ट’को रासायनिक फोहोर बिना प्रशोधन सिंधै नजिकैको नदीमा फ्यालिँदै आएको छ । यसका कारण सिर्सिया नदी दिनहुँ बढी प्रदूषित हुँदै गएको र स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको आरोप उनीहरूको छ । विशेषगरी छठ पर्वको तयारी चलिरहेका बेला नदीको पानी फोहोर हुँदा व्रतालुहरूलाई स्नान र पूजा गर्न कठिनाइ भएको भन्दै आक्रोश चरममा पुगेको बताइन्छ । स्थानीयहरूले विगत एक सातादेखि उद्योगबाट निस्कने फोहर रोक्न वा उद्योग नै बन्द गर्न माग गर्दै आएका थिए । तर माग बेवास्ता भएपछि शुक्रबार करिब ३०–४० जनाको समूह कम्पनीभित्र प्रवेश गरी हल्ला–हुल्लड र तोडफोड प्रयास गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनापछि प्रहरीको टोली घटनास्थल पुगेको र स्थिति नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार