चाडपर्वमा  कस्ता खानेकुरा खाने ?

भिगन डाइटमा बढ्दैछ रुचि 
सोमबार, असोज १३, २०८२

खानेकुराको प्रसंगमा अहिले ठूलो बहस छ । कस्तो खानेकुरा खाने भन्ने प्रश्नले समाजलाई विभाजित गरेको छ । कतिपय मासुमांस वा तामसी खानपानमा रमाएका छन् । उनीहरू चौरासी ब्यञ्जनले आफुलाई तृप्त गर्नुपर्छ भन्ने मानसिकतामा छन् । त्यसैले संसारमा उपलब्ध जे जति खानेकुरा छन्, ति सबै खानुपर्छ भन्ने सोच राख्छन् । अर्काथरी छन्, जो सीमित र सन्तुलिन खानेकुरा खान्छन् । उनीहरूले आफ्नो खानेकुराको सूचीबाट त्यस्ता खानेकुरा हटाएका छन्, जो मिठो त छ तर स्वस्थकर छैन । उनीहरूले मासुजन्य परिकार खान छोडेका छन् । दुधजन्य परिकारको प्रयोगलाई पनि नियन्त्रण गरेका छन् । किनभने यी खानेकुरा शरीरमैत्री छैन भन्ने उनीहरूको तर्क छ ।
तेस्राथरी छन्, जो खानेकुरामा भावनालाई पनि जोड्छन् । उनीहरू मासुजन्य परिकार खाँदै खाँदैनन् । त्यतिमात्र होइन, कुनैपनि पशुपंक्षीबाट प्राप्त हुने खानेकुरा सेवन वा प्रयोग गर्दैनन् । किनभने उनीहरू अरुको जीवन हत्याएर, अरुलाई रुवाएर आफ्नो पेट भर्नुहुँदैन भन्ने मान्यता राख्छन् । यस्ता जमातले मासु मात्र होइन, पशुपंक्षीको कुनैपनि उत्पादन सेवन गर्दैनन् । दुध दही खाँदैनन् । कतिसम्म भने, पशुपंक्षीको रौं, भुत्ला, छाला आदिबाट बनेको बस्तु समेत प्रयोग गर्दैनन् । यी विशुद्ध शाकाहारी हुन् । उनीहरुलाई पूर्ण शाकाहारी पनि भनिन्छ । उनीहरूले लिने खानेकुरालाई भेगन डाइट भनिन्छ । अहिले विश्वभर यस किसिमको खानेकुरा खाने जमात बढ्दो छ । किनभने यसले शरीरलाई मात्र होइन, भावनालाई पनि शुद्ध बनाउँछ भन्ने मान्यता छ । अहिले भेगन डाइटका लागि छुटै रेष्टुरेन्टसमेत सञ्चालनमा छन् ।

vegan-1759144933.webp
के हो भिगन डाइट ?
भिगन डाइट भनेको त्यस्तो डाइट हो, जहाँ माछामासु, अन्डा मात्र होइन, पशुपंक्षीको कुनैपनि उत्पादन प्रयोग हुँदैन । यो भनेको विशुद्ध शाकाहारी हो । यस किसिमको डाइटमा गाईको दुधसमेत वर्जित छ । किनभने गाईको दुध प्रकृतिले उसकै बच्चा(बाच्छाबाच्छीको लागि दिएको हो, मान्छेको लागि होइन भन्ने उनीहरूको मान्यता रहन्छ । यसरी प्रकृति वा पशुपंक्षीसँग भावनात्मक रुपमै एकाकार भएर फरक किसिमको खानेकुरा तयार गर्नुलाई भेगन डाइट भनिन्छ । यो डाइटमा अण्डा, मासु, डेरी प्रोडक्ट लगायत सबै प्रकारका पशुजन्य उत्पादनलाई भोजन, कपडा तथा अन्य कुनै उद्देश्यका लागि बञ्चित गरिएको छ । मानिसहरू विभिन्न कारणले भेगन डाइटलाई फलो गर्छन् । यसको मुख्य कारण पर्यावरण प्रतिको चिन्ता वा पशुपंक्षीप्रतिको माया पनि एक विशेष कारण हो भने स्वस्थ जीवनशैली अर्को कारण हो । 

किन खाने भेगन डाइट ?
भिगन डाइट लिनुको विभिन्न फाइदा छन् । यसले मन र शरीरलाई शान्त तुल्याउँछ । यसको सेवनले शरीरको तौल सन्तुलनमा रहन्छ । शरीरलाई आवश्यक सम्पूर्ण पोेषक तत्व यी डाइट फलो गर्नाले प्राप्त हुने गर्छ । यसको सेवन मुटु रोग, उच्च रक्तचाप, तथा क्यान्सर जस्ता रोगको जोखिम कम हुने गर्छ । यसको सेवनले पाचन प्रणाली सक्रिय रहने भएकोले पनि भिगन डाइट हामी सबैको लागि एक राम्रो विकल्प हुनसक्छ ।  भिगन डाइटबाट शरीरलाई आवश्यक यी पोषक तत्वहरु प्रशस्त प्राप्त गर्न सकिन्छ । 

v-1759144924.jpg
प्रोटिन
भेगन खानामा मानव शरीरका लागि पर्याप्त प्रोटिन प्राप्त गर्न सकिन्छ । जस्तै ः दाल, सोयाबिन, राजमा, केराउ, बदाम, काजु, सूर्यमुखी फूलको गेडा, चियाको धुलो, ब्रोकाउली आदि यस किसिमको खानेकुरामा पाउन सकिन्छ ।
आइरन, भिटामिन बी–१२

आइरन रुख–बिरुवाबाट प्राप्त हुने फलहरू जस्तै, पालक, दाल, सोयाबिन, हरियो पत्तेदार तरकारीमा पाइन्छ । धनियाँ, कागती, अमिलो फल आइरनका स्रोत हुन् । जमिनभित्र वा माटोमा फल्ने खानेकुरा जस्तै– आलु, गाँजर, मुला, तरुलमा भिटामिन बी १२ पाइन्छ ।

जिङ्क र क्याल्सियम
भेगन डाइटमा केही अन्य जरुरी पोषक तत्वमा जिङ्क र क्याल्सियम समेत हुन्छ । गेडागुडी, विभिन्न प्रजातिका बीउ, राजमा जिङ्कको प्रमुख स्रोत हुन् । तिल, बदाम र हरिया सागसब्जी क्याल्सियमको प्रमुख स्रोत हुन् ।

भिटामिन डी
भिटामिन डीको सबैभन्दा राम्रो स्रोत भनेको घामको किरण नै हो । बिहान वा साँझको घाम ताप्नुपर्छ, शरीरमा भिटामिन डी प्राप्त हुन्छ । घामको किरणबाट पाइने भिटामिन डीले हड्डीलाई बलियो बनाउने मात्र नभई सम्पूर्ण शरीरलाई समेत बलियो बनाउन मद्दत गर्छ । खानाको कुरा गर्दा च्याउबाट पनि भिटामिन डी पाइन्छ । भिगन जीवनशैलीको एउटै मात्र लक्ष्य हुन्छ–जनावरमाथि कुनै प्रकारको उत्पीडन नहोस् ।एक भिगन व्यक्तिको खानाको प्लेटमा माछा, चिकेन, माछा, दुग्धजन्य पदार्थ, अण्डा वा महलगायतका केही पनि खानेकुरा हुँदैन । तर भिगन हुनु भनेको खानासँग मात्रै सम्बन्धित छैन । यसको दायरा अब गहना र कपडासम्म पनि फैलिसकेको छ । भिगन व्यक्तिहरु छाला, ऊनबाट बनेका कपडाहरु र मोती पनि लगाउँदैनन् । अब तपाईंले बुझिसक्नुभएको होला कि भिगन जीवनशैली अपनाउनु त्यति सजिलो छैन । भिगनले जे खान्छन् त्यसको मूल्य उच्च हुन्छ । तरपनि मानिसहरू तीब्र रुपमा भिगन जीवनशैली अपनाइरहेका छन् । अमेरिकामा सन् २०१४ देखि सन् २०१७ का बीच भिगन मानिसहरूको आँकडामा ६०० प्रतिशत वृद्धि भयो जबकी ब्रिटेनमा पछिल्लो एक दशकमा यो आँकडा ४०० प्रतिशत छ । अब थुप्रै कम्पनीले पनि भिगन विशेष खानाहरु प्रदान गर्न थालेका छन् । जस्तै म्याकडोनल्डले म्याकभिगन बर्गर अफर गरेको छ । १ नोभेम्बरमा विश्व भिगन डे पनि मनाइन्छ ।  भिगन एसोसियसनको तर्फबाट जुटाइएका आँकडाका अनुसार विश्वका कुल जनसंख्यामध्ये ५५ देखि ९५ करोड व्यक्ति शाकाहारी वा भिगन छन् । संयुक्त राष्ट्रको अनुमान अनुसार सन् २०५० सम्म विश्वको जनसंख्या ९८० करोडसम्म पुग्नेछ र त्यतिबेला हामीले अहिलेको समयभन्दा ७० प्रतिशत बढी खानाको उत्पादन गर्नुपर्ने हुन्छ । भिगन व्यक्तिहरूका अनुसार खानाबारे मानिसहरू अत्यधिक जिम्मेवार र जागरुक हुनुपर्छ ।

vg-1759144925.jpg
बढ्दै छ भिगन खानाको व्यापार :
भिगनरी, ब्रिटेनको एक च्यारिटी संस्था हो जसले मानिसहरूलाई भिगन बनाउनका लागि प्रेरित गर्छ । उनका अनुसार पाँच वर्ष अघि उनीहरूले यो च्यारिटी सुरु गरेका थिए, त्यतिबेलादेखि अहिलेसम्म हरेक वर्ष भिगन व्यक्तिहरूको संख्या दोब्बर हुँदै गइरहेको छ । उनका अनुसार सन् २०१९ मा १९० देशमा साढे दुई लाख व्यक्तिहरू भिगन बन्न सहमत भएका थिए । यसका साथै भिगनसँग जोडिएको व्यापार पनि तीब्र रुपमा बढिरहेको छ । अमेरिकामा मिट–फ्री खानाको माग १० गुणा बढी भइरहेको छ । सोसल मिडियामा मानिसहरूलाई भिगन बन्न आग्रह गरिन्छ, यसमा थुप्रै सेलिब्रिटी पनि समावेश हुन्छन् । इन्स्टाग्राममा मात्रै भिगनसँग जोडिएका १० करोड पोस्ट छन् । भिगन पनिर बनाउने कम्पनीको लागत सन् २०२० सम्म ४ सय करोड डलरसम्म पुग्ने अनुमान छ । यतिमात्र होइन खानासँग जोडिएका ठूल्ठूला कम्पनी अब भिगन उत्पादनतर्फ ध्यानदिइरहेका छन् । नेस्लेजस्तो ठूलो कम्पनीले अब आफूहरूले बोटबिरुवासँग सम्बन्धित खानाको अत्यधिक उत्पादन गर्ने बताएको छ । सन् २०१८ मा चिकन, बिफ र पोर्कलाई प्रोसेस गर्ने संसारको दोस्रो सबैभन्दा ठूलो कम्पनी टायसन फुड्सले भिगन खानासँग जोडिएको एउटा नयाँ कम्पनी ‘बियोन्ड मिट’ को ६.५ प्रतिशत सेयर  खरिद गरेको थियो । एक वर्षपछि नै यो कम्पनीले आफ्नो सेयर करिब ८ करोड डलरमा बेचेको थियो र त्यसपछि भिगन खानासँग जोडिएको आफ्नो फूड चेन सुरु गरेको थियो । भिगन सेक्टरमा आएको यो बढोत्तरीबारे भिगनरीका क्याम्पियन हेड रिच हार्डीका अनुसार केही समय अघिसम्म भिगन शब्दसँग मानिसहरु अञ्जान थिए तर अहिले यो शब्दबारे धेरै मानिस जानकार छन् । पसल, रेष्टुरेन्ट र सडकमा मानिसहरू यसबारे कुरा गर्छन् । पत्रिका र म्यागजिनमा यसबारे आर्टिकल लेखिन्छन् ।

veg-1759144930.jpg
भिगन हुनु नयाँ परम्परा होइन 
केही समय अघिसम्म मानिसहरुलाई भेजिटेरियन शब्दबारे थाहा थिएन तबसम्म मानिसहरुले यस्ता खानालाई ‘पाइथागोरस डाइट’ भन्ने गर्थे । भिगन शब्द आजकाल निकै प्रचलनमा आएको छ तर सन् १९४० मा ब्रिटेनमा डोनल्ड वाटसनले एक भिगन सोसाइटी बनाएका थिए । डोनल्ड वाटसनले जब डेरी इन्डस्ट्रिमा जनावरमाथि भएको अत्याचार देखे तब उनले दुग्धजन्य पदार्थ खान बन्द गरे र मानिसहरूलाई पनि यसका लागि प्रेरित गर्न सुरु गरे । युरोपमा शाकाहारी खानाको प्रचलन पुरातन ग्रीसबाट भएको हो । यहाँ पाइथागोरसले यसको निकै प्रचार गरे ।  उनले भनेका थिए, ‘कुनै अन्य जीवको मासु आफ्नो शरीरभित्र हाल्नु , आफ्नो भोकका लागि अरुलाई मार्नु दानवले गर्ने जस्तो काम हो । ’

ve-1759144933.jpg
veg1-1759144929.jpg
ve-2-1759144926.jpg
 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार