Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

कुकुरको पूजा गरेर स्नेहाज केयरले मनायो कुकुर तिहार

मंगलबार, कात्तिक ४, २०८२

ललितपुर । पशु अधिकार र कल्याणको क्षेत्रमा कार्यरत संस्था स्नेहाज केयरले सेल्टरमा रहेका कुकुरको पूजा गरेर कुकुर तिहार मनाएको छ ।  उक्त कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, वडा नं. १८का वडा अध्यक्ष दमोदर खड्का, वडा नं. २१का वडा अध्यक्ष रविन्द्र महर्जन लगायत अन्यको उपस्थिति रहेको थियो ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पशु अधिकार र संरक्षणको क्षेत्रमा स्नेहाज केयरले महत्वपूर्ण काम गरेको बताए । कुकुर पूजाको दिन मात्रै कुकुरलाई पूजा गरेर कुकुर प्रतिको माया दर्शाएको नहुने बताए । उनले भने, ‘अन्य दिन पनि कुकुरलाई माया गर्नुपर्छ । ’ ललितपुर महानगर पशु अधिकारप्रति संवेदनशील भएको बताए । ललितपुर महानगर वडा नंं. १८का वडा अध्यक्ष दामोदर खड्काले मान्छेले मान्छेलाई माया गर्न छोडेको अवस्थामा जनावरलाई माया गरेर आश्रय दिएकोमा स्नेहाज केयरलाई धन्यवाद दिए । अध्यक्ष दामोदर खड्काले स्नेहाज केयरले महत्वपूर्ण काम गरेको बताए ।  स्नेहाज केयरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले ललितपुर महानगर पशु अधिकार संरक्षणमा अग्रणी रहेको बताइन् । महानगरले पशु अधिकारको क्षेत्रमा काम गरेको देखेपछि अन्य स्थानीय तहले पनि त्यसको अनुकरण गर्न थालेको बताइन् । कुकुर पूजाको दिनमात्रै कुकुरको पूजा गरेर कुकुर प्रति पर्याप्त माया नहुने बताउँदै पल पलमा कुकुरको अधिकारप्रति संवेदनशील हुनुपर्ने धारणा राखिन् । कार्यक्रममा जनावरको अधिकारप्रति कार्यरत संघ संस्थाका प्रतिनिधि, शुभचिन्तक लगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रममा उपस्थित सबैले कुकुरलाई टिका, अबिरल र माला लगाएर पूजा गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार