सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औं सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा.डा.कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो । यस्तै उपकुलपति प्रा.डा.बिजुुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबिबिएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ । प्रधानमन्त्री एवं कुुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नुपूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी रहेको छ ।