Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

धापाखेलमा चाल लाख नगद र पेस्तोलसहित युवा पक्राउ

बिहीबार, कात्तिक ६, २०८२

धापाखेल (ललितपुर) । ललितपुर प्रहरीले ललितपुर महानगरपालिका २३ नं. वडा धापाखेलबाट पेस्तोलसहित एकजना युवालाई पक्राउ गरेको छ ।  ती युवाले मादक पदार्थ सेवन गरी टोलमा हो–हल्ला गरेको भनि स्थानीयले खबर गरे पश्चात तत्काल प्रभाग धापाखेलका प्रमुख तेजबहादुर भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ती युवाले कम्बरमा भिरेको व्यागमा लुकाई राखेको अवस्थामा पेस्तोलसहित नगद बरामद गरेको हो । प्रभाग धापाखेलबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजले कम्बरमा भिरेको व्यागमा लुकाई राखेको ५००००४९१ नम्बर भएको म्याग्जिन सहितको चाइनिज पेस्तोल (गोली नभएको) थान–१ ,राष्ट्रिय बाणिज्य बैंकको ट्याग भएको नगद रु .४,७८,०००।–(अक्षररुपी चार लाख अठहत्तर हजार रुपैया र आइफोन थान–१ कानून बमोजिम बरामद गरी निजलाई तत्काल नियन्त्रणमा लिएको हो प्रहरीले भनेको छ ।  जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका–१ का शिवकुमार विकलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए । उनको साथबाट चार लाख अठहत्तर हजार रुपैयाँ पनि फेला परेको छ ।  खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका–२३ धापाखेलमा बस्दै आएका थिए । ‘विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीय खबर गर्नुभएपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शङ्काका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान–१, नगद र मोबाइल फोन पनि बरामद भएको छ,’ जोशीले जानकारी दिए ।
विकलाई हाल नियन्त्रणमा लिइ अनुसन्धान सुरु भएको उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार