फागुन ५ देखि ७ गतेसम्म महालक्ष्मी महोत्सव (भिडियो)

मंगलबार, फागुन १, २०८०

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले,‘महालक्ष्मी महोत्सव’ २०८० आयोजना गर्ने भएको छ ।  मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिका उपप्रमुख लक्ष्मी महर्जनले नगरक्षेत्रको आर्थिक गतिविधि थप गतिशिल बनाई मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले यही फागुन ५ गते देखि ७ गतेसम्म महालक्ष्मी महोत्सव आयोजना गर्न लागेको जानकारी दिएकी हुन् ।  उनका अनुसार महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवले नगररका १० वटै वडालाई समेट्ने छ । 
उनले भनिन्, ‘नगर क्षेत्रको आर्थिक गतिविधि थप गतिशिल बनाई मुलकको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याउन हामी महालक्ष्मी महोत्सव, २०८० आयोजना गरी तयारी समेत अन्तिम अन्तिम चरणमा पुगेको कुरा जानकारी गराउन पाउँदा हर्षित भएको छु । २०८० फागुन  ५ देखि ७ सम्म नगरपालिकाको विभिन्न क्षेत्रहरूः खासगरी बोझेपोखरी, सिद्धिपुर, लुभु, लाकुरीभन्ज्याङलगायतका क्षेत्रसहित १० ओटै वडालाई समेटेर एकीकृत महालक्ष्मी महोत्सव आयोजना गरिएको छ ।’

Laxmi-Maharjan--1707810027.jpg

महोत्सवमा नगरपालिकाका स्थानीय उत्पादन, रैथाने खानाका परिकार, विभिन्न संस्कृतिक प्रदशर्नी सम्पदाहरूको अवलोकन, मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने छन् । 
नगरको धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक तान्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
नगरप्रमुख हरिगोबिन्द श्रेष्ठका अनुसार ३ दिनसम्म चल्ने महोत्सवमा नगरभित्रका विभिन्न धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलहरुमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् भने यसलाई सम्पन्न गर्न नगरसभाले ५० लाख रुपैयाँ बजेटसमेत बिनियोजन गरेको छ । 

Hari-Gobinda-Shrestha--1707810021.jpg

महोत्सवलाई सफल पार्न नगरपालिकाले वडाअध्यक्षहरुको संयोजकत्वमा विभिन्न ९ वटा उपसमिति गठन गरेर काम गरिरहेको उनको भनाइ छ । 
महोत्सवमा स्वदेशी र बिदेशी पर्यटकलाई आकर्षित गरी आन्तरिक रोजगारी प्रर्वद्धन गर्ने नगरपालिकाको योजना छ । 
पहिलोपटक हुन लागेको महोत्सवमा नगरभित्रका १० वटै वडाका महत्वपूर्ण स्थलहरुमा पर्यटकहरु लैजानेगरी योजनावद्ध रुपमा काम गरिरहेको नगर उपप्रमुख लक्ष्मी महर्जनले जानकारी दिइन् । 
महोत्सवमा नेवारी र तामाङ संस्कृतिको प्रचारदेखि यहाँका धार्मिक र ऐतिहासिक स्थलसम्म पर्यटकहरु लैजाने नगरको योजना रहेको उनले जानकारी दिइन् । 
५ फागुनमा महालक्ष्मी नगरपालिकाको नामाकरण भएको लुभुस्थित महालक्ष्मी मन्दिर परिसरमा उद्घाटन कार्यक्रम राखिएको छ । जहाँ संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रमुख आतिथ्यता गर्नेछन् । 
महोत्सवको दोस्रो दिन वडा नम्बर ६ सिद्धिपुरको नेवारी संस्कृति, स्थानीय उत्पादनको प्रदर्शनी, वडा नम्बर ४ मा रहेको बोझेपोखरीमा डुंगा सयरलगायतका कार्यक्रम राखिएका छन् । महोत्सव उद्घाटन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, दोस्रो दिनको प्रमुख अतिथित संघीय गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिाका रुपमा रहनेछन् । 
महोत्सवको अन्तिम दिन एमाले अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनाएर पर्यटकको रोजाइमा रहेको लाकुरीभञ्ज्याङ, मनमोहन पार्क र गणेशमान पार्कमा विविध कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

maha-1707811022.jpg

महोत्सवमा ऐतिहासिक सम्पदाहरुको अवलोकन, सांस्कृतिक कार्यक्रम, नेवारीसहितका ४० वटा बाजाहरुको प्रस्तुति र प्रदर्शन, तामाङ संस्कृतिसहितको खाना महोत्सव, मार्चपास, र्याली, घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्रीस्थललगायतका गतिविधि हुने नगर प्रमुख श्रेष्ठले जानकारी दिए । 
यी हुन् महालक्ष्मी नगरपालिका  आकर्षण 

महालक्ष्मी नगरपालिका सांस्कृतिक, धार्मिक र ऐतिहासिक स्थलहरुको धनी पालिका हो । महालक्ष्मी मन्दिर, लाँकुरीभञ्ज्याङ, श्रृङगी ऋषि गुफा, श्रृङ्गेरी डाँडा, कामधेनु गुफा, अशोक स्तुपा, शान्ति पोखरी, गणेश तथा भैरव मन्दिर, सिद्धेश्वर मन्दिर, कृष्ण तथा बालकुमारी मन्दिर, गोभ्राटेश्वर देग जस्ता ऐतिहासिक र धार्मिक स्थल यही नगरपालिकाभित्र पर्छन् ।  वोझेपोखरी, कमलपोखरी, फोङ्गाः पुखु, बुद्ध पोखरी, पाँचपोखरी, भैरव कुण्ड, सिंथलीडाँडा पोखरी, लामाडाडा पोखरीजस्ता पोखरीहरु पनि यही पालिकामा छन् ।  बासुकी नागस्थान, कामधेनु गुफा, मातभ्व सङ्गम, गोशिङ्ग तीर्थ, माने चैत्य गुम्बा, भीमसेन डाँडाको सुर्योदयस्थलजस्ता ऐतिहासिक सम्पदा पनि यही नगरपालिकामा पर्छन् ।  नगरपालिकाले यस्ता सम्पदाको प्रचार गरी पर्यटन प्रर्वद्धनमार्फत आन्तरिक आय वढाउन र नगरको प्रचार प्रसार गर्न महोत्सव आयोजना गर्न लागेको नगरप्रमुख श्रेष्ठको दाबी छ । WhatsApp-Image-2024-02-13-at-12.32.10-1707814080.jpegWhatsApp-Image-2024-02-13-at-12.32.10-(1)-1707814080.jpeg
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार