सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले राजश्व (कर) का दर र दायरा पुनरावलोकनका लागि गृहकार्य गरिरहेको छ । आगामी आर्थिक ऐनमा यो विषयलाई समेट्ने गरी करको दर र दायारा पुनरावलोकनका लागि महानगरले विज्ञ समूहको परामर्श लिएर गृह कार्य गरिरहेको हो । त्रिवि केन्द्रीय अर्थशास्त्र विभागका प्राध्यापकहरूसँगको सहकार्यमा महानगरले करको दर र दायराका बारेमा अध्ययन गरिरहेको छ । विज्ञ समूहले महानगरको करको दर र दायरा समयानुकुल भए नभएको, दर र दायरा बढाउन सकिने क्षेत्रसहितका विषयमा अवलोकन गरिरहेको छ । ललितपुर महानगगर राजश्व प्रशासन महाशाखाका निर्देशक सहजित राईले शब्दपाटी डिजिटल मिडियासँगको कुराकानीमा महानगरले करको दर र दायराका विषयमा अध्ययन गरिरहेको जानकारी दिनुभयो । ‘अझै पनि महानगर भित्र व्यवसाय गरिरहनु भएका १५ हजार व्यवसायी करको दायरामा आउनु भएको छैन भन्ने हाम्रो अनुमानित तथ्यांक छ’, निर्देशक राईले भन्नुभयो, ‘यस्तै सार्वजनिक गुठीका सम्पत्तिसहित विभिन्न विद्यालयका सम्पत्तिहरू पनि करको दायरामा आएको अवस्था छैन । यी समग्री विषयहरूलाई करको दायारामा ल्याउन हामीले विज्ञ समूहसँग सल्लाह लिएका छौं ।’ कुराकानीकै क्रममा निर्देशक राईले महानगरले हालसम्म चालु आर्थिक वर्षमा लिएको राजश्वको लक्ष्य ५० प्रतिशत प्लस भएको जानकारी दिँदै आर्थिक वर्षको यो दुई महिनामा राजश्वको लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सबै करदातालाई कसरी समेट्ने, सम्पत्ति करलाई अझै कसरी प्रगतिशील बनाउने भन्ने विषयमा हामीले विज्ञहरूसँग सल्लाह लिइरहेको छौं उहाँले भन्नुभयो । (राजश्व प्रशासन महाशाखाका निर्देशक सहजित राईसँगको कुराकानीकाे विस्तृत विवरण भिडियो वार्तामा)