सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद्को बैठकले उक्त निर्णय गरेको हो । न्याय परिषद् सचिवालयका अधिकारीका अनुसार उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय भएको हो । बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् । बाँकी तीनै जनाउच्च अदालतका न्यायाधीश हुन् । सारू उच्च अदालत पाटन र पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश हुन् ।