Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

वडाको तल्लो बेल्टमा मेलम्ची खानेपानी लाइन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छु : राजनमल्ल ठकुरी, वडा सदस्य २३ नं. वडा 

बिहीबार, माघ १०, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडाका वडासदस्य राजन मल्ल ठकुरीले आफ्नो वडाको तल्लो बेल्टमा मेलम्चीको खानेपानी पाइप लाइन विस्तार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ ।  ‘जनप्रतिनिधिसँग शब्दपाटी’को श्रृंखलाका लागि सम्बाद गर्दै उहाँले राजनीतिमा आउनु अघिदेखि र चुनावका बेला गरेको बाचा अनुरुप तल्लो बेल्टमा खानेपानी समस्याको समाधानका लागि आफूले काम गरेको बताउनुभयो ।  मेलम्ची खानेपानीको पाइपलाइन विस्तार गरी अहिले करिब ६ सय घरधुरीले खानेपानी उपभोग गरिरहनु भएको छ उहाँले भन्नुभयो ।  विद्यार्थी जीवनदेखि राजनीतिमा संलग्नु वडा सदस्य ठकुरीले वडामा पूर्वाधार, युवा, स्वास्थ्यसहितका कार्यहरूमा पनि नेतृत्वदायी भूमिका खेल्दै आएको बताउनुभयो । ‘राजनीतिकर्मी हुनु र जनप्रतिनिधि हुनुमा धेरै नै फरक हुने मैले महसुस गरे’, उहाँले भन्नुभयो, ‘राजनीतिकर्मी एउटा दल विशेषको मात्रै हुने भए, माग समस्या उठाउँदा पनि यसै अनुरुप नै हुने भयाे तर जनप्रतिनिधि भएपछि सबैको माग समस्या सम्बोधन गर्नुपर्छ ।’ 

473627602_1671516346736895_473115960073123060_n-1737600432.jpg
 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार