उपत्यकामा २४ घण्टामा ७९२ सवारीसाधन कारबाहीमा

शनिबार, असोज १७, २०८३

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ सवारीसाधनमाथि २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जनामाथि कारबाही गरिएको छ । यस्तै, सिसिटिभीबाट ४७, रेड लाइट उल्लंघन गर्ने ४६ र तीव्र गतिमा सवारी चलाउने १०७ जनामाथि कारबाही गरिएको छ । त्यसैगरी हर्न निषेध उल्लंघन गर्ने ८, लेन अनुशासन पालना नगर्ने ६ र सवारीको अवस्था ठीक नभएका २८ वटा सवारीमाथि कारबाही गरिएको छ।अन्य कसुरमा ४५९ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। वन–वे उल्लंघनमा भने कुनै कारबाही भएको छैन । कारबाहीको विवरण शनिबार बिहान ६ बजेसम्मको हो।

 

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार