रोचक बन्दै बारा–२ को उपनिर्वाचन, मधेश केन्द्रित दलहरू आमनेसामनेको तयारीमा 

कांग्रेसले १९ गतेमात्र निर्णय लिने
बिहीबार, चैत १६, २०७९

काठमाडौँ । तनहुँ-१ र चितवन-२ मा हुने उपनिर्वाचनको तुलनामा बारा-२ को निर्वाचन रोचक बन्ने देखिएको छ । नेपाली काग्रेसले तनहुँ र चितवनमा उम्मेदवार तय गरेको भएपनि बारा–२ को उपनिर्वाचनका लागि उम्मेदवार भने तय गरेको छैन । उसले मनोनगयनको अघिल्लो दिन चैत १९ गतेमात्र उम्मेदवारबारे निर्णय गर्ने भएको छ । बारामा काँग्रेसले जसपालाई सघाउने अनुमान गरिएको छ । जसपाबाट उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ । उनलाई रोक्ने लाकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो तथा जनमत पार्टीकातर्फबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने तयारीमा छन् ।  आगामी वैशाख १० गते देशका ३ वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। ती चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ। 

बारा २ मा राजेन्द्र महतोले उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्ने

बारा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो उठ्ने भएका छन्। 
बिहीबार काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ को उपनिर्वाचनमा महतोतलाई उठाउने सर्वसम्मत निर्णय गरेको हो।
‘आज बसेको हाम्रो पार्टी कार्यकारिणी समितिको बैठकले नेता महतोलाई बारा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ’, बैठकमा सहभागी एक नेताले भने, ‘उपेन्द्रजी बारा जाने भएपछि जनतामा ब्यापक असन्तुष्टि रहेछ । वहाँहरुकै अनुरोधमा महतोजीलाई पठाउने निर्णय भएको हो ।’
महतो मंसिर ४ को निर्वाचनमा सर्लाही २ माओवादीका उम्मेदवार महिन्द्र राय यादवसँग पराजित भएका थिए । 
बारा २ मै जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने भएका छन्। मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रबाट उठेर जसपाका रामसहायप्रसाद यावदसँग ३५४ मतको झिनो अन्तरले पराजित उनी जनमत प्रवेश गर्दै चुनावी तयारी थालेका हुन् । 
बारा २ बाट निर्वाचित रामसहाय गत चैत ३ गते भएको उपराष्ट्रपति निर्वाचनमा विजयी भएसँगै बारा २ को प्रतिनिधिसभा सिट अहिले खाली छ। 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार