Dashain Banner
Dashain Banner

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी 

मंगलबार, असोज २७, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री २ पदमा पूर्वसांसद रामहरि खतिवडा र पार्टीका निवर्तमान केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । मतगणनाको अन्तिम विवरणअनुसार खतिवडा सर्वाधिक मतसहित विजयी हुँदा शिवाकोटी दोस्रो स्थानमा रहे ।  खतिवडाकाले २ हजार ९१९ मत प्राप्त गरेका छन् भने शिवाकोटीले २ हजार ७२ मत पाएका छन् । खुला सहमहामन्त्रीका लागि नौजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । सहमहामन्त्री खुलामा गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी १ हजार ८५१ मतसहित तेस्रो स्थानमा रहे । पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले १ हजार ३८२, राजीव ढुंगानाले १ हजार २४१ र विकास कोइरालाले १ हजार १४९ मत प्राप्त गरेका छन् । त्यस्तै, अमृतकुमार अर्यालले १ हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत पाएका छन् । खुला सहमहामन्त्रीमा सर्वाधिक मतसहित विजयी खतिवडा गत २ असोजमा शेरबहादुर देउवा समूह छाडेर पार्टीको मूलधारमा फर्किएका थिए । देउवा समूहबाट अलग भएर मूलधारमा फर्किएका नेतामध्ये पदाधिकारीमा निर्वाचित हुने उनी दोस्रो नेता बनेका छन् । यसअघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार