स्ववियु निर्वाचनमा मतदान जारी

आइतबार, चैत ५, २०७९

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।  मतदान दिउँसो ४ बजेसम्म हुनेछ । 
चौध वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखियता नियमित हुनसकेको छैन ।
उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान सुरु भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।
 अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । 
सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ । 

RajuChapagain_Kawasoti_RSS_05_16791951807591679200230.jpg

यी क्याम्पसमा स्ववियु निर्वाचन रोकिए
उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३  क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध रहेको छ । नेपाल कमर्स क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो ।
 यस्तै सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै त्रिचन्द्र क्याम्पसमा यही चैत ९ गतेका लागि तोकिएको छ । 
प्रत्येक २ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन। ६ चैत, २०६५ पछि एकैपटक १५ चैत, २०७३ मा केही क्याम्पसमा निर्वाचन भएको थियो ।
सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले तालमेल गरेर निर्वाचन लडेका  छन् भने एमाले निकट विद्यार्थी संगठन उपत्यकामा भने एक्लै चुनावी मैदानमा छ। उपत्यकाबाहिरका कतिपय क्याम्पसमा भने विद्यार्थी संगठनले आफ्नो अनुकूलको चुनावी तालमेल गरेका छन्।
देशभरका विभिन्न ६८ क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचित हुनेमा सबैभन्दा बढी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका छन् । २३ वटा क्याम्पसमा अखिलका सभापति निर्विरोध भएका हुन् ।SushilaRegmi_RampurPalpa_RSS_05_matadangarnetayari1679200233.jpg


नेकपा एमाले निकट अनेरास्ववियु २१ क्याम्पसमा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ १३ क्याम्पसमा, विप्लव नेतृत्वको अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले १र१ क्याम्पसमा स्ववियु सभापति पाएका छन्।
यस्तै, स्ववियु निर्वाचनमा पहिलो पटक विद्युतीय मेसिनको प्रयोग हुने भएको छ। त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा १४, थापाथली इन्जिनियरिङ क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा १२र१२ वटा विद्युतीय मेसिन प्रयोग हुने त्रिविले जनाएको छ।

कसरी हुँदै छ स्ववियु निर्वाचन ?
त्रिविले कुन क्याम्पसमा कति जनाको कार्यसमिति हुने भनेर ‘त्रिवि स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९’ मा व्यवस्था गरेको छ। जसमा २०० विद्यार्थी रहेका क्याम्पसमा ११, २०१ देखि १ हजारसम्म विद्यार्थी भएकामा १३, १ हजार १ देखि ३ हजारसम्म विद्यार्थी भएकामा १९ र ३ हजार १ देखि ५ हजारसम्म विद्यार्थी भएका क्याम्पसमा २१ सदस्यीय कार्यसमिति हुनेछ ।
स्ववियु निर्वाचन आमनिर्वाचनभन्दा केही फरक भए पनि धेरै कुरा आमनिर्वाचन जस्तै हुने त्रिविले जनाएको छ। स्ववियु निर्वाचनमा समानुपातिक सूचीमा नाम भएका उम्मेदवारउपर पनि दाबी विरोध गर्ने पाइने व्यवस्था छ। २०७३ सालदेखि मिश्रित प्रणालीबाट हुँदै आएको स्ववियु निर्वाचनमा सभापति, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष चुनिनेछन् भने उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् ।
कुनै क्याम्पसमा ५ हजार विद्यार्थी छन् भने २१ जनाको कार्यसमिति हुँदा १० जना समानुपातिकबाट छानिन्छन् । तिनै समानुपातिकबाट आएकामध्येबाट उपाध्यक्ष र सहसचिव मनोनीत हुन्छन्। एउटा संघ, संगठन र समूहले १६ जनाको नाम समानुपातिक सूचीमा पेस गर्नुपर्ने हुन्छ।

RamhariNeupane_Trishuli_RSS_05_IMG_89291679200230.jpg
समानुपातिकमा मनोनीत भएका सदस्यलाई सम्बन्धित संगठनले फिर्ता बोलाई अर्को व्यक्तिलाई मनोनयन गर्न सक्ने अधिकार हुन्छ। त्यसका लगि स्ववियु कार्यसमितिबाट नाम हटाई सोही संगठनको बन्दसूचीमध्येबाट सिफारिस भएका व्यक्तिलाई मनोनित गर्ने व्यवस्था छ।
स्ववियु पदाधिकारीको २ वर्षको कार्यकाल हुन्छ । तर निर्धारित समयमा निर्वाचन हुन नसकेमा बढीमा ६ महिनाका लागि त्रिवि कार्यकारी परिषद्ले पदावधि थप्न सक्छ। कुनै कारणवश सभापति नभए उपसभापतिले कार्यभार सम्हाल्नेछन् भने सचिव नभए सहसचिवबाट कार्यभार सम्हाल्ने व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार