सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावारी नगरपालिकाले जेनजी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका नगरभित्रका सार्वजनिक संरचना पुनर्निर्माण गर्न स्थापना गरेको पुनर्निर्माण कोषमा ५१ लख जम्मा भएको छ । उक्त कोषमा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी तथा शिक्षकहरूबाट ५ दिनको सेवा सुविधावापतको रकम जम्मा भइसकेको गोदावरी नगरपालिकाले जानकारी दिएको छ । नगरकार्यपालिकाको बैठकले जेनजी प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएका सार्वजनिक संरचनाहरूको पुनर्निर्माण कार्यमा योगदान गर्न जनप्रतिनिधि र कर्मचारीहरूबाट ५ दिन बराबरको सेवा सविधा प्रदान गर्ने निर्णय गरेको थियो । नगर विपद् व्यवस्थापन कोषमा ५१ लाख ४४ हजार ९७४ जम्मा भइसकेको नगरपालिकाले जनाएको छ । गत भदौ २३ र २४ गते भएको जेनपी पुस्ताको आन्दोलनका क्रममा गोदावरी नगरपालिका भित्र रहेका प्रहरी चौकी, वडा कार्यालय भवन तथा सन्त नेता कृष्णप्रसाद भट्टराई आश्रम तथा सनसाइज हलसहितका सार्वजनिक संरचनाहरूमा आगजनी र लुटपाटबाट भयावह क्षति भएको छ । ‘नगरवासीको शान्ति सुरक्षा तथा सार्वजनिक सेवालाई यथासम्भव छिटो सुचारु गर्न नगरपालिकाका जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी र शिक्षकहरूबाट ५ दिन बराबरको सेवा सुविधा पुनर्निर्माण कार्यमा योगदन गर्ने निर्णय भएको थियो । नगरपालिकाले उक्त कोषमा सहयोग गर्न चाहनने इच्छुक व्यक्ति, संघ संस्था गैर सरकारी र निजी क्षेत्र समेतमा पुनर्निर्माण कार्ययमा योगदान गर्नु हुन आह्वान गरेको छ’, नगरपालिकाले विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको छ ।