Dashain Banner
Dashain Banner

खोपको २४ लाख मात्रा हराएको छैन : स्वास्थ्यमन्त्री खतिवडा

शुक्रबार, माघ २८, २०७८

काठमाडौँ, २८ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताउए। मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गरे ।  “खोपको २४ लाख मात्रा हराएको होइन, हामीले खोप लगाउनका लागि प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलटोलमा स्वास्थ्यकर्मी खटाएका थियौँ”, मन्त्री खतिवडाले भने, “टोलटोलमा गएर लगाएको तथ्याङ्क नआएको मात्र  हो ।” उनले खोप लगाउँदा केही मात्रा खेर गएकाले पनि तथ्याङ्क नमिलेको बताए । 

 

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार