Dashain Banner
Dashain Banner

कांग्रेस केन्द्रीय सदस्य खस आर्य महिलातर्फ यस्तो छ पछिल्लो मत परिणाम

बुधबार, असोज २८, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्। १ हजार ५०० मत गणना हुँदा डा. भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। यससमूहबाट ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । हालसम्मको मतपरिणामअनुसार जानुका पन्तले ५०७, गीता देवकोटाले ५०५, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५, देवकी गौतमले ४१३, अधिवक्ता सरिता तिम्सिना पंगेनीले ४०४, बिनिता अधिकारीले ४०२, चम्पादेवी खड्काले ३९१ र सन्तोषी साउद ऐरीले ३६७ मत प्राप्त गरेका छन् । त्यस्तै, उर्मिला कँडेलले ३१८, शोभा अधिकारीले ३०३, बिन्दु मल्ल ठकुरी (आस्था) ले २६९, निर्मला वस्ताकोटी (निरु खड्का) ले २६६, हिरा भट्टराईले २६०, सीतादेवी पौडेलले २४१, सुजाता कार्कीले २२५, प्रमिला लम्सालले २२३, निर्मला कुमारी रावल कार्कीले २१२ र सरस्वती भट्टले २०४ मत प्राप्त गरेका छन्। कमला लामिछानेले १९१, सीता ज्ञवालीले १८३, माधवी शर्मा वाग्लेले १८१, शान्ता बास्कोटाले १८०, नारायणी रायमाझी र बसन्ती भाटले समान १७९, गीता सिंखडाले १७२, सुमनकुमारी संज्यालले १४९, राधाकुमारी कुँवर क्षेत्रीले १३६, निर्मला रिसालले १३५ र सृजना लामिछाने फुयाँलले १३० मत प्राप्त गरेका छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

सहमहामन्त्रीमा प्रतिमा सर्वाधिक मतले विजयी, वासनासहित यी हुन् १५ केन्द्रीय सदस्य 
 नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री पदमा प्रतिमा गौतम सर्वाधिक मत ल्या निर्वाचित भएकी छन्।  महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनले आफ्नो एक मात्र प्रतिस्पर्धी नानु बास्तोलालाई ३५६२ मतान्तरले पछि पार्दै विजयी भएकी हुन्। वास्तोलाले १ हजार ५५४ मत प्राप्त गरेकी थिइन् । लामो समय विद्यार्थी राजनीतिमा लागेर चर्चा कमाएकी गौतम २०४६ यताका हरेक आन्दोलनको मोर्चामा अग्रह भागमा रहेर काठमाडौंमा महिलाहरुको नेतृत्व र सहभागिता जनाउँदै आएकी छन् ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि महिला खुला केन्द्रीय सदस्यमा भने प्रतिनिधि सभामा कांग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहेकी सांसद वासना थापाले सर्वाधिक मत ल्याएर विजयी भएकी छन् ।  महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा वासना थापाले केन्द्रीय सदस्यहरुमा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छन् ।  महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा छन्। उनी प्रतिनिधि सभा सदस्य हुन्। तेश्रो स्थानमा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरेकी छन्। उनी लुम्बीन प्रदेश सांसद हुन्।  त्यस्तै, कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएकी छिन् । निर्वाचित हुने अन्य उम्मेदवारमा विनिता खड्का २८६६, अनिता देवकोटा २८५३, लक्ष्मी पाण्डे २७००, रीता सेन ओली, सृजना अधिकारी, सृजना अधिकारीले २ हजार ६५८, मुना भुसाल२ हजार ५१४ मत ल्याएर विजयी भएका छन् ।  गिता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको हो ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार