आफ्नै पार्टीको सरकारलाई कांग्रेसको आठ बुँदे ध्यानाकर्षण

बिहीबार, पुस २९, २०७८

काठमाडौं, २९ पुस : आफ्नै पार्टीको सरकारलाई नेपाली कांग्रेसले सबै नागरिकलाई कोरोनाभाइरसको खोप पुर्‍याउनसहित आठ बुँदे माग राखेर ध्यानाकर्षणपत्र बुझाएको छ । 

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर नेतृत्वको वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले बिहीबार आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएकी हुन् । 

आठ बुँदे ध्यानाकर्षणपत्र 

१ परीक्षणको दायरा बढाई समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्नुपर्ने । 

२ बृद्व, बृद्वा÷दीर्घरोगीहरू र बालबालिकाहरू बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्ने । 

३ नेपालमा तत्काल सबै नागरिकसामु खोप÷बुष्टर पु¥याउनुपर्ने दायित्व र प्राथमिकता नेपाल सरकारको भएको हुँदा पर्याप्त खोप÷बुष्टरमा सर्वसाधरणको सहज र सरल पहुँच पु¥याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिने । 

४ नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दैं देशभरीका स्वास्थ्य केन्द्र, अस्पतालहरूमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्ने । 

५ स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं कोरोना रोकथामका लागि खटिरहनुभएका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहन स्वरुप कोरोना सुविधा÷राहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बीमाको व्यवस्था गर्ने । 

६ नयाँ भेरियन्ट फैलन नदिन सिमामा हेल्थ डेक्स, होल्डिङ सेन्टर÷आइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्ने । 

७ कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट तुरुन्त योजना बनाई कार्यान्वयन गर्ने/गराउने ।  

८ कोरोना भाइरसलाई फैलन नदिनका लागि आफू र अरुको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम गरी न्यूनतम मापदण्ड पालना गर्न÷गराउन, कडाईका साथ पहल गर्ने/गराउने ।
 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार