सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको एक साता पुग्दै गर्दा दर्शकको उल्लेख्य साथ पाएको छ । बुधबार राजधानीका विभिन्न हलमा चलचित्र हेर्न दर्शकको उपस्थिति देखिएको थियो। हलमा दर्शकको चापसँगै चलचित्रप्रति उनीहरूको उत्साह पनि देखिन्थ्यो । प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको चलचित्रले एक सातासम्म पनि दर्शक तानिरहेको छ। चलचित्र हेरेर हलबाट बाहिरिएका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका छन् । चलचित्रमा प्रस्तुत गरिएको कथा, कलाकारको अभिनय तथा मनोरञ्जनात्मक प्रस्तुतिले दर्शकलाई आकर्षित गरेको देखिन्छ। प्रदर्शनको एक सातासम्म दर्शकको साथले चलचित्र निर्माण टिम पनि उत्साहित बनेको छ ।