भारदेउ चुनढुङ्गा उद्योग सञ्चालनको अवस्थाबारे प्रशासनद्धारा अनुगमन

कानुन अनुसार गर्न व्यवसायीलाई निर्देशन  
बुधबार, असोज ७, २०८३

भारदेउ (ललितपुर) । संघीय सरकारका विभिन्न निकायमार्फत चुनढुङ्गा उद्योग सञ्चालनको अनिमति लिएर कार्य गरिरहेकै बेला केही स्थानीयहरूको गुनासोपछि स्थानीय प्रशासनले खानी सञ्चालनको अवस्थितिबारे मंगलबार स्थलगत अनुगमन गरेको छ ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तुलबहादुर कार्की, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, कोन्ज्योसम गाउँपालिका ५ का वडाअध्यक्ष विजय स्याङतान, जिल्ला बन कार्यालयका सहायक जिल्ला वन अधिकृत सुमन घिमिरे, चापागाउँ प्रहरी बृत्तका प्रमख डिएसपी शीला थापा, भारदेउ प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक गंगा लुइँटेल,  खानी सञ्चालक शेखर महत र उद्योगका प्रमुख कार्यकारी अधिकृत पवन विष्ट, सञ्चारकर्मी, प्रभावित क्षेत्रका स्थानीय बासिन्दासहितको टोलीले खानी सञ्चालन गर्न अनुमति पाएको क्षेत्रको स्थलगत अनुगमन गरेको हो । टोलीले खानी सञ्चालनको प्रारम्भिक विन्दु, रुख कटान भएको क्षेत्र, कटान गरिएका रुख, प्रभावित  भनिएको चिहान क्षेत्रको स्थलतगत अवलोकन गरेको थियो । 

WhatsApp-Image-2026-09-23-at-20.03.02-1790174205.jpeg
अनुगमन टोलीलाई कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले विषय प्रवेश गराउँदै खानी सञ्चालन, स्थानीयको गुनासो, प्रभावित क्षेत्रका बासिन्दाको बसोबास स्थलको संरक्षणलगायतका विषयमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई जानकारी गराएका थिए ।  स्थलगत अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले संघीय सरकारका विभिन्न निकायबाट स्वीकृति लिँदा नै उद्योगले पालना गर्नुपर्ने सर्तहरू स्पष्ट हुने हुँदा व्यवसायीलाई सोही सर्त अनुसार काम अघि बढाउन निर्र्देशन दिए । 
आगामी दिनमा उद्योगीले कानुन अनुसार प्राप्त अधिकारलाई दुरूपयोग गरेमा आफूहरूले अनुगमन गरी कारवाही गरिने चेतावनी पनि त्यस क्रममा प्रजिअ घिमिरेले दिए । 
जिल्ला समन्वय समितिका अध्यक्ष ऋषिदेव फुयाँलले उद्योगीले नेपाल सरकारका कानुनलाई अक्षरस पालना गर्नुपर्ने बताउँदै प्रभावित क्षेत्रका स्थानीयले उठाएको विषयवस्तुमा स्थानीय सरकारलाई समाधानका लागि पहल गर्न अनुरोध गरे । 

WhatsApp-Image-2026-09-23-at-20.03.05-(5)-1790174200.jpeg
स्थानीय सरकारबाट समाधान हुन नसके जिल्ला समन्वय समितिले विवाद समाधानका लागि अग्रसरता लिने प्रतिवद्धत उनले व्यक्त गरेका छन् ।  अनुगमन टोलीमा सहभागी जिल्ला बन कार्यालयका सहायक बन अधिकृत सुमन घिमिरेले वन मन्त्रालय, खानी विभाग, उद्योग मन्त्रालयलगायका सम्बन्धित सरोकारवाला निकायको पत्राचार–निर्देशनका आधारमा ४३३ वटा रुख कटानको अनुमति पाए पनि ८२ वटा रुख कटान गर्न आवश्यक नभएकोले कटान नगरिएको जानकारी गराएका थिए ।
भारदेउ सिमेन्ट एण्ड स्टोन इण्डिष्ट्रिजलाई १० वर्षका लागि लाइसेन्स नविकरण गरिदिएपछि सञ्चालनका क्रममा केही स्थानीयवासीले अवरोध गरेपछि स्थलगत अनुगमनका लागि अनगमन टोली आएको हो । सरकारले उक्त उद्योगलाई ४ हेक्टर (करिव ८० रोपनी) वन क्षेत्रमा ४० वर्षका लागि खानी सञ्चालनका लागि अनुमति दिएको छ ।  खानी सञ्चालनको तयारीकै क्रममा केही स्थानीयले सडकमा खाल्डो खनेर अवरोध गरेका थिए ।

WhatsApp-Image-2026-09-23-at-20.03.05-(6)-1790174200.jpeg
अनुगमनमा रहेका कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले संघीय सरकारका विभिन्न निकायका निर्णयबाट खानी सञ्चालनको अनुमती लिएर काम सुरु भएपछि गाँउपालिकाको भूमिका उल्खनीय नहुने बताए । 
खानी सञ्चालन भए गाँउपालिकाले निश्चित प्रतिशत हिस्सा पाउने हुँदा पालिकाको विकासमा टेवा पुग्ने साथै कोञ्ज्योसोमको आर्थिक र रोजगारी विकासमा दीर्घकालीन टेवा पुग्ने हुँदा खानी सञ्चालन हुँदा सबैलाई फाइदा हुने उनी बताउँछन् । वातावरण र पर्यावरणको असर कम गर्न खानी सञ्चालकलाई आफूहरुले झक्झक्याउने उनले अनुगमन टोलीलाई साक्षी राखेर भने । 
स्थानीयको गुनासोपछि मंगलबार खानीको अवस्थिति अवलोकनका लागि आएको प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोलीकै निर्देशनमा सडकमा खनिएको खल्टो पुरिएको थियो । । 
खानी सञ्चालनका लागि आवश्यक सबै कानूनी प्रकृया पुरा गरिएको सञ्चालक शेखर महत बताउछन् । ‘हामीले बन कार्यलयबाट स्वीकृत पाएपछि टाँचा लगाएर रुख काटेका छौं । कानून अनुसार कर रोयल्टी सबै भुक्तानी गरेपछि स्थानीयबासीले अवरोध गरे । सरकारसँग भएको सम्झौता अक्षरश ः पालना गरिनेछ’ सञ्चालक महतले अनुगमन टोली समक्ष प्रतिवद्धत जनाए । 
उनले स्थानीयले उठाएको चिहान क्षेत्र संरक्षणका लागि आफूले पूर्ण जिम्मेवारी लिने पनि प्रतिवद्धत जनएका थिए । 

WhatsApp-Image-2026-09-23-at-20.03.05-(7)-1790174199.jpeg
महत आफू स्वयम् यहाँको स्थानीय भएकाले यहाँका सम्पूर्ण सम्पदा संरक्षण गर्नु अफ्नो व्यवसायिक दायित्व मात्र नभएर व्यक्तिगत जिम्मेवारी पनि भएको स्पष्ट पारे । 
पछिल्लो समय विकसित घटनाक्रमले खानी सञ्चालनका विषयमा स्थानीयवासी नै विभाजित जस्तो देखिएका छन् । केही स्थानीय बासिन्दा रोजगारी र आर्थिक उपार्जनको दिगो रूपमा सहयोगी हुने भन्दै खानी सञ्चालन हुनुपर्ने पक्षमा उभिएका छन् भने केही खानी सञ्चालन गर्न नहुने भन्दै विरोधमा उत्रिएका छन् ।
खानी सञ्चालनको क्षेत्र भित्र पर्ने रातो ककारोको विषयलाई लिएर स्थानीयको चासो रहेको छ । रातो ककारो खानी सञ्चालनको क्षेत्र भित्र रहने भएकाले यसप्रति स्थानीयको चासो रहेको हो । खानी सञ्चालक भारदेउ सिमेन्ट तथा स्टोन इन्डिस्ट्रिज प्रा.लि.ले रातो ककारो क्षेत्रमा खानी सञ्चालन नगरिरने स्पष्ट पार्दै रातो ककरो क्षेत्रबाट १.४७ हेक्टर क्षेत्रफल पश्चिमतर्फ मात्रै अहिले काम गरिने प्रतिवद्धता जनाएको छ । त्यसैले रातो ककारो क्षेत्रको रूख पनि काटिएको छैन । खानीको प्रस्तावित डिजाइन गोदावरी नगरपालिकाको वडा नं. ५ तर्फ भिरालो रहेको छ । 
खानी सञ्चालनका लागि मन्त्रिपरिषद्ले २०६४ साल जेठ ९ गते व्यवसायीलाई ४ हेक्टर क्षेत्रफलको बन क्षेत्रमा काम गर्ने गरी ४० वर्षका लागि अनुमति दिएको थियो ।  खानीको मुख्य उत्पादन चुनढुङगा रहने अनुमति पत्रमा उल्लेख छ  । 
नेपाल सरकार मन्त्रिपरिषद्को ०८२ जेठ २७ गतेको निर्णय बमोजिम चुनढुङ्गा उत्खनन् कार्यका लागि बन तथा वातावरण विभाग र भारदेउ सिमेन्ट उद्योगबीच २०८३ असार १७ गते नविकरण सम्झौता भएको छ ।  WhatsApp-Image-2026-09-23-at-20.03.06-1790174198.jpeg
WhatsApp-Image-2026-09-23-at-20.03.06-1790174198.jpeg
 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २०:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार