राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

मंगलबार, असोज ६, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको विमानबाट दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनका क्रममा उनले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिसहित नेपालले सामना गरिरहेको जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ । महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली भने यसअघि नै असोज ४ गते न्युयोर्क प्रस्थान गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार