तीन सहरका प्रमुखको प्रतिबद्धता

'कटुवाल दहमा मन्दिर निर्माण गर्न आर्थिक सहयोग गर्ने' 
शुक्रबार, पुस २३, २०७८

ललितपुर, २३ पुस । तीन सहरका प्रमुखले गोदावरी नगरपालिकाको डुकुछापमा रहेको कटुवालदहमा मन्दिर निर्माण गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं महानगर, ललितपुर महानगर र गोदावरी नगरपालिकाका प्रमुखले २ करोड रकम मन्दिर निर्माणका लागि दिने बताए । डुकुछाप भ्रमणको क्रममा उनीले उक्त प्रतिबद्धता व्यक्त गरेका थिए । 
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले मन्दिर निर्माणको लागि करीब ५० लाख सहयोग गर्ने बताए । उनले भने, ‘सम्पदा जोगाउन, छिमेकी नगरपालिकालाई सहयोग गर्नु हाम्रो दायित्व हो , सहयोग गर्छौ । ’ काठमाडौं महानगरले एक करोड भन्दा केही बढी रकम सहयोग गर्ने नगरप्रमुख विद्यासुन्दर शाक्यले बताए । गोदावरी नगरपालिकका प्रमुख गजेन्द्र महर्जनले कटुवालदह ऐतिहासिक र पुरातात्विक महत्वको ठाउँ भएको बताउँदै संरक्षणका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । गोदावरीको सम्पदा जोगाउन दुई दुई सहरका नगरप्रमुखले देखाउनु भएको तदारुक्तालाई धन्यवाद भन्दै गोदावरीका प्रमुख महर्जनले भने, ‘बाँकी रकम गोदावरीले खर्च गरेर कटुवालदहमा रहेको मन्दिरलाई व्यवस्थित बनाउँछौं ।’
 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार