सोसल मिडिया
Contact Us
युनिकोड
बज्रबाराही (ललितपुर) । गोदावरी नगरपालिकाले भोलि असोज ९ गते (शुक्रवार) देखि असोज ११ गते आइतबारसम्म हावाहुरीसहित भारी वर्षा हुने मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसमी वुलेटिनलाई आधार बनाएर नगरवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । नगर प्रमुख गजेन्द्र महर्जनले एक विज्ञप्ति जारी गर्दै आत्यावश्यक नभई यात्रा नगर्न अनुरोध गरेका छन् । यात्रामा निस्कनु अघि सडक र यातायातको अवस्थाको जानकारी लिएर मात्रै यात्रा गर्न भनेका छन् । खोला,तटीय क्षेत्र र पहिरोको जोखिम भएको स्थानबाट हिडडुल नगर्न र त्यस क्षेत्रमा नबस्न पनि विज्ञप्तिमा अनुरोध गरिएको छ । सजगता अपनाउँदा अपनाउँदै पनि कुनै समस्या आइपरे गोदावरी नगरपालिकामा सम्पर्क गर्न समेत उनले नगरवासीलाई आग्रह गरेका छन् ।