मकवानपुरमा प्रहरी–उपमहानगरपालिकाको संयुक्त अनुगमनमा 

शुक्रबार, असोज ९, २०८३
  • हेटौँडा उपमहानगरपालिकाको टोलीसहित प्रहरी सडक तथा जोखिमयुक्त क्षेत्रमा परिचालन
  • अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

हेटौँडा । सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले संयुक्त रूपमा जोखिमयुक्त क्षेत्रको अनुगमन तथा सडकको अवस्थाबारे निगरानी थालेका छन् ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामासहित नगर प्रहरीको टोली बिहानैदेखि विभिन्न क्षेत्रमा परिचालन भई सम्भावित बाढीपहिरोको जोखिम तथा सडकको अवस्थाबारे जानकारी लिइरहेको छ ।

उपमहानगरपालिकाले नगरवासीलाई अत्यावश्यक कामबाहेक अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ । साथै, कोही कतै अप्ठ्यारोमा परेको, बाढीपहिरोका कारण जोखिममा परेको वा उद्धार आवश्यक भएको जानकारी पाए तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १३:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार