दसैँ अवधिभर कस्तो छ मौसम ?

बिहीबार, असोज २८, २०७८

काठमाडौं । देशभर आज मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । यससँगै नेपालीहरुको महान चाड विजयादशमी अवधिभर मौसम सफा रहने प्रक्षेपण छ । विभागकाअनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । टीकाको दिन भोलि शुक्रबार प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानबाहेक देशभर मौसम सफा रहने विभागको प्रक्षेपण छ । टीकाको भोलिपल्ट शनिबार प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानबाहेक देशभर मौसम सफा रहने विभागले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार