हिन्द–प्रशान्त क्षेत्रमा के सँग ठोकियो अमेरिकी पनडुब्बीे ?

शुक्रबार, असोज २२, २०७८

न्युयोर्क । अमेरिकी आणविक पनडुब्बी हिन्द–प्रशान्त महासागरमा एउटा ‘अपरिचित’ बस्तुसँग ठोकिएको छ । ठोकिएपछि पनडुब्बीमा क्षति भएको अमेरिकाले जनाएको छ ।  आणविक उर्जामा तीब्र गतिमा चल्ने सो पनडुब्बी अन्तर्राष्ट्रिय पानीभित्र चल्ने क्रममा ठोकिएको अमेरिकाको नौसेनाले एक विज्ञप्तिमा जनाएको छ ।  पनडुब्बी दुर्घटनामा परेपछि त्यहाँ सवार नौसेनाका एक दर्जन जवान  घाइते भएका थिए । पनडुब्बीमा पुगेको क्षतिको जाँच भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान गरिने नौसेनाले जनाएको छ । ‘पनडुब्बी ठोकिए पनि सुरक्षित र स्थिर अवस्थामा छ । दक्षिण चीन सागरतर्फ बढ्ने क्रममा पनडुब्बी कुनै बस्तुसँग ठोकिएको छ । ’ नौसेनाले एक विज्ञप्तिमा भनेको छ । दक्षिण चीन सागरको विषयलाई लिएर फिलिपिन्स, जापान र चीनबीच वर्षौंदेखि बिबाद छ । पछिल्ला समयमा सो सागरमा चीनले पनि गतिविधि बढाएको छ । सागरनजिक चीनले कृत्रिम टापुहरू बनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार