‘प्रेमगन्ज’ को काठमाडौं छायाँकन ३३ दिनमा सकियो

बिहीबार, असोज २१, २०७८

काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’को काठमाडौं छायाँकन ३३ दिनमा सकिएको छ । अघिल्लो लकडाउनमा २७ दिन छायाँकन भएको चलचित्रको काठमाडौं छायाँकन भएको हो । तर, चलचित्रको पूरै छायाँकन भने सकिएको छैन । चलचित्रको सम्पूर्ण छायाँकन सक्न १५ दिन लाग्ने निर्माताले जानकारी दिएका छन् । अब दसैंपछि काभ्रेको नाला, दोभानटार, सुनापाती र मादनमा छायाँकन हुनेछ । निर्देशक परिच्छेद सेनले  यो चचित्रमा ३ सय ५० दृश्य र लगभग १० हजार सट रहेकाले समय लागेको बताए । चलचित्र २०२२ मा प्रदर्शन हुने बताइएको छ ।  सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्रलाई सन्जय लामाले छायाँकन गरिरहेका छन् ।  चलचित्रको कार्यकारी भूमिकामा अनन्तमान श्रेष्ठ छन् । ‘प्रेमगन्ज’चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार