निर्देशक विक्रम भट्टले गरे दोस्रो विवाह  

बुधबार, असोज २०, २०७८

काठमाडौं : 

भारतीय फिल्मका चर्चित निर्देशक विक्रम भट्टले दोस्रो विवाह गरेका छन् । भारतीय मिडियाले उल्लेख गरेकाअनुसार विक्रमकी कान्छी पत्नीको नाम श्वेताम्बरी सोनी हो । विक्रमले श्वेताम्बरीसँग गत वर्ष नै विवाह गरेका थिए । तर, उनले दोस्रो विवाह लुकाउँदै आएका थिए । 

दोस्रो बिहेबारे विक्रमले बताउन नचाहे पनि उनका निकटवर्तीले भने विक्रमले दोेस्रो विवाह गरेको पुष्टि गरेका छन् । अहिले विक्रमसँगको उनकी कान्छी पत्नीको एउटा पोस्ट सामाजिक सञ्जालमा निकै सेयर भइरहेको छ । 

विक्रमले यसअघि आदिति भट्टसँग बिहे गरेका थिए । उनीहरूको एक छोरी कृष्णा छिन् । उनीहरुले सन् १९९८ मा सम्बन्ध बिच्छेद गरेका थिए । त्यसपछि विक्रम केही वर्षसम्म नायिका सुस्मिता सेन र अमिषा पटेलसँग अफेयरमा रहे । अमिषा त विक्रमसँग केही वर्ष लिभ इन रिलेसनसिपमा बसेको समेत खबर आएको थियो ।
 

 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार