गायक शिव परियार ल्याउँदैछन् अर्काे पिउने गीत 

बुधबार, असोज २०, २०७८

काठमाडौं । गायक शिव परियारले आफ्नो चर्चित गीत ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ को अर्काे शृंखलास्वरूप ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ...’ बोलको गीत ल्याउने तयारी गरेका छन् ।  दसैैको अवसरमा केही दिनमै सार्वजनिक गर्ने लक्ष्य लिइएको सो गीतको भिडियो सोमबार छायांकन सम्पन्न गरिएको छ । कविराज गहतराजले निर्देशन गरेको भिडियोमा अभिनेता पुष्प खड्काका साथमा टिकटकमा परिचित अञ्जली लुइँटेल र आलिया अधिकारीलाई प्रस्तुत गरिएको गायक परियारले बताए । 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार