फिल्म ‘उचाइ’को शुटिङका लागि बलिउड कलाकार काठमाडौंमा, अमिताभ बच्चनको मुख्य भूमिका

सोमबार, असोज १८, २०७८

काठमाडौं । फिल्म ‘उचाइ’को छायांकनका लागि अनुपम खेर लगायतका बलिउड कलाकारको टोली काठमाडौं आइपुगेको छ । 
उचाइको छायांकनका लागि अनुपम खेरसँगै परिणिती चोपडा, बोमन इरानी, सारिका हसनलगायतको टोली काठमाडौं आइपुगेको हो । कलाकार खेरले ट्विटरमार्फत काठमाडौं आइपुगेको जानकारी दिएका छन् । उनले नेपालमा छायांकन हुने यो चलचित्र उनको करियरको ५२०औं चलचित्र रहेको बताएका छन् ।
फिल्म उचाइको टोली करिब ४० दिन नेपालमा रहने बताइएको छ । सुरुज वर्जत्यको निर्देशनमा निर्माण हुन लागेको उचाइमा अभिनेता अमिताभ बच्चन र डेनी डेनजोङपाको अभिनय रहने भए पनि उनीहरु भने आइपुगेका छैनन् ।
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार