दोस्रो पटक आमा बनिन् नेहा धुपिया 

आइतबार, असोज १७, २०७८

काठमाडौं ।  बलिउड अभिनेत्री नेहा धुपिया दोस्रो पटक आमा बनेकी छन् । नेहाले आइतबार बिहान छोरा जन्माएको जानकारी उनका पति अंगद बेदीले सामाजिक संजालमार्फत दिएका छन् ।  नेहाले सुत्केरी हुनुभन्दा दुई घण्टा अगाडि बेबी बम्पसहित गराएको फोटो सुटको एउटा तस्बीर पोस्ट गर्दै लेखेकी थिइन्, ‘तिमीलाई आफ्नो काखमा लिन म अब पर्खन सक्दिनँ ।’

उक्त पोस्ट आएको दुई घण्टामै उनले छोरालाई जन्म दिएकी हुन् ।  सन् २०१८ मा बिहे गरेका नेहा र अंगदलाई त्यसको केही महिनापछि नै पुत्री मेहर लाभ भएको थियो । नेहा दोस्रो पटक आमा बनेकामा बलिउड सेलिब्रेटीहरूले बधाई ज्ञापन गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार