कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान 

शनिबार, असोज १६, २०७८

दोहा । कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ ।  संसद्का कुल ४५ सिटमध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ ।  विश्लेषकले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन् । यसअघि सत्तामा र संसद्मा भएका नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ । 
आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकबाट सत्ता र शक्ति बाहिर जाने सम्भावना न्यून रहेको छ । 
कतारका नागरिक बिहानैदेखि मतदानका लागि मतदान केन्द्रमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका दृश्य सार्वजनिक भएका छन् । मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिका राखिएका छन् भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृत पनि पर्याप्त मात्रामा खटिएका छन् । संसद् सदस्यका लागि पुरुष उम्मेदवारको सङ्ख्या अत्यधिक रहेको छ । कुल २८४ उम्मेदवारमध्ये २८ जना मात्रै महिला उम्मेदवार छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार